वराहक्षेत्र नगरपालिकामा जारी पाचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन् भएको छ ।
सोमवार सम्पन् भएको प्रतियोगितामा १२ स्वर्ण , ९ रजत र ६ कास्य पदक जित्दै वडा नं ५ स्थित जगन्नाथ डेजराज जनता ( जडेज) माध्यमिक बिद्यालय प्रथम भएको छ ।
त्यस्तै ६ स्वर्ण , ६ रजत र २ कास्य पदक जित्दै वडा नं २ को आदर्श माध्यमिक बिद्यालय दोस्रो र वडा नं ११ मोहन माध्यमिक बिद्यालय ४ स्वर्ण , २ रजत र २ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।
प्रतितोगिताको प्रथम बनेको जडेज माध्यमिक बिद्यालयले ३० हजार सहित ट्रफि प्राप्त गरेको छ । त्यस्तै दोस्रो बनेको आदर्श माध्यमिक बिद्यालयले २० हजार सहित ट्रफी र तेस्रो बनेको मोहन माध्यमिक बिद्यालयले १० हजार सहित ट्रफी प्राप्त गरेको आयोजक नगर खेलकुद बिकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए ।
विभिन्न दुरी , बिभिन तौल र छात्र तथा छात्रामा बिभाजन गरि ४० स्वर्ण पदककालागि एथ्लेटिक, छेलो , कबड्डी , कराते , भलिबल लगाएका विधाका खेलमा स्वर्ण , रजत र कास्य पदक जित्ने खेलाडिहरुलाई म्याडल र प्रमाण पत्र प्राप्त गरेका थिए । भन्ने एथ्लेटिक, छेलो , कबड्डी , कराते , भलिबल विधाका खेल उत्कृष्ट खेलाडिहरुलाई नगर १ हजार ५ सय सहित प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदशन गरेकी एथ्लेटिक खेलका खेलाडि आदर्श माध्यमिक बिद्यालयकी छात्रा रितु मगर उदयमान खेलाडी घोषित भईन् । उनले नगद ५ हजार १ सय र प्रमाण पत्र प्राप्त गरिन् । उद्घाटन कार्यक्रममा माचपार्स गर्ने बिद्यालय मध्य जडेज माध्यमिक बिद्यालय माचपार्समा उत्कृष्ट बनेको थियो ।
नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भएको पुरस्कार बितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रमुख रमेश कार्की, नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल लगाएले पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगितामा पालिकामा रहेका सामुदायिक , संस्थागत र धार्मिक माध्यमिक तहका विद्यालयका २६ वटा बिधालयका बिद्यार्थीहरु सहभागीता रहेको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देबेन्द्रबहादुर मल्लले जानकारी दिए । प्रतियोगितामा कक्षा ९ देखि १२ कक्षामा अध्ययन गरिरहेका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाट स्थित बसन्त ऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता शनिबारदेखि तिन दिन सञ्चालन भएको थियो ।