सुनसरीको वराहक्षेत्र नगरपालिकामा पाचौं माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ वराहक्षेत्र नगरपालिका खेलकुद बिकास समितिको आयोजनामा शनिवारबाट नगर स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० सुरु भएको हो ।
पाचौं नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले गरेका थिए । नगर खेलकुद बिकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन सभामा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की रहेका थिए । कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल , वडाध्यक्षहरु विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु , कार्यपालिका सदस्यहरु , वडाका जनप्रतिनिधिहरु , बिद्यालयका प्रध्यानाध्यापक लगाएको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व रहेको बताए । उनका अनुसार, खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले पनि विद्यार्थी जीवनमा यसको धेरै महत्व हुन्छ । उनले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताए । शैक्षिक स्तरलाई सुधार गर्दै खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी हुनका विद्यार्थीहरुलाई कार्कीले आग्रह गरे ।
प्रतियोगितामा एथ्लेटिक, छेलो , कबड्डी , कराते , भलिबल लगाएका विधाका खेलमा विभिन्न दुरी , बिभिन तौल र छात्र तथा छात्रामा बिभाजन गरेर खेल हुने वराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए ।
प्रतियोगितामा पालिकामा रहेका सामुदायिक र संस्थागत माध्यमिक तहका विद्यालयका बिद्यार्थीहरु सहभागी रहेने नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देबेन्द्रबहादुर मल्लले जानकारी दिए । प्रतियोगितामा कक्षा ९ देखि १२ कक्षामा अध्ययन गरिरहेका बिद्यार्थीहरुको सहभागीता रहेको र प्रत्येक विधामा विजयी हुनेले सिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाट स्थित बसन्त ऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता शनिबारदेखि सोमवारसम्म तिन दिन सञ्चालन हुनेछ । प्रथम हुनेलाई ३० हजार दोस्रो २० हजार तेस्रो १० हजार रहेको छ भने प्रत्येक बिधालयलाई एउटा खेल बराबर ५ हजारको दरले प्राप्त गर्ने छन ।प्रतियोगितामा २६ वटा सामुदायिक र निजि बिधालयले सहभागी जनाएका छन । भने कबडिमा छात्रा तर्फ १९ वटा बिधालय र छात्र तर्फ १६ वटा बिधालय र भलिबल तर्फ छात्र १५ र छात्रा ११ वटा बिधालयले सहभागी जनाएको छन ।