नेपाली सेनाले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष भित्र चित्तलको शिकार गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ बस्ने ४ जना र उदयपुर बस्ने ४ जनालाई
कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार बिहान करिब ६ बजेको समयमा श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको कोशीटप्पु वन्यजन्तु आरक्ष प्रमुख रमेशकुमार यादवले बताए ।
गोप्य सूचनाको आधारमा नेपाली सेना र कोशीटप्पु वन्यजन्तु आरक्षका कर्मचारीले एकजनालाई चित्तलको मासु सहित पक्राउ गरिएको र निजलाई सोधपुछ गरि एउटा घरमा राखिएको खुलेपछि उनीहरुको साथबाट ६३ केजी जनावरको मासु, २ नाल भरुवा बन्दुक, एक प्याकेट टिका बारुद, ४ वटा खुकुरी टसलाइट लगायत बरामद गरेको यादवले बताए ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा राखिएको छ। भने थप अनुसन्धान भइ रहेको यादवले बताए ।
यादव गत १९ गतेदेखि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको प्रमुख भएर आएका थिए । ऊनी आएको १ साता नभई यत्रो ठुलो परिमाण शिकारी सहित सामाग्री पक्राउ गर्न सफल भएका छन ।