कोरोनाको ओमिक्रोन भेरियन्ट भारतमा पनि फेला परेको छ ।
दक्षिण अफ्रिकामा पत्ता लागेर युरोपेली देश तथा हङकङ लगायत देशमा फैलिएको तीव्र संक्रामक र घातक देखिएको यो भेरिएन्टले थप त्रास सृजना गरेको छ ।
नेपालसँगको खुल्ला सिमानाको कारण भारतमा देखिएको उक्त नयाँ भेरिएन्टबाट नेपाल पनि उच्च जोखिममा परेको छ ।
नयाँ भेरिएन्ट देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय हवाइ उडानको समीक्षा गर्न र नियन्त्रणका लागि कडाइ गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
यो नयाँ भेरिएन्टको संक्रमण भएमा हाल प्रचलनमा रहेका कोरोना विरुद्धका खोपले समेत काम नगर्नसक्ने बताइएको छ, तर यसबारे थप अनुसन्धान हुन बाँकी छ ।