कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले गोरु काटी मारेको मुद्धाका दुई जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
गोरु काटी मारेको मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९|०५|०९ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना ९ दिन कैद बेरुजु रहि फरार रहेका बराहक्षेत्र नगरपालिका-३ नडाहाका ५१ बर्षीय तिलक भन्ने तिलोक राई र ३६ बर्षीय निमा शेर्पालाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेलापारी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरि झुम्का कारागार पठाएको छ ।