वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले कोभिड विरुद्ध सजग एव् सचेत हुन् नगरबासीलाई आग्रह गरेका छन् ।
विश्बव्यापी महामारीको रुपमा फैलीएको कोभिड – १९ संक्रमणको जोखिम नेपालमा कम हुँदै गए पनि छिमेकी राष्ट्रहरुमा कोभिट -१९ को नया भेरियन्टको सक्रमण दर दिनानुदिन बुद्धि हुदै गईरहेको र प्रारम्भिक प्रतिवेदन अनुसार कोभिड -१९ को भेरियन्टले छोटो समयमा धेरै व्यक्तिहरुलाई सक्रमण गर्ने देखिएको भन्दै बिज्ञप्ती मार्फत कोभिड विरुद्ध सचेत रहन आग्रह गरेको हुन् ।
नगर प्रमुख कार्कीले हस्ताक्षर गरेको बिज्ञप्तीमा लेखिएको छ छिमेकी मुलुकहरुमा फैलिएको नया भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको भएतापनि खुल्ला सिमना एव् मानिसहरुको भीडभाड तथा आवतजावतको कारणले नेपाल पनि सक्रमणको उच्च जोखिममा रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आम नगरवासी जनसमुदायहरु सजग एव् सचेत हुन जरुरी छ ।
तसर्थ कोभिड-१९ को सक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीहरुमा मास्क तथा स्यानिटाईजरको प्रयोग , एक अर्कामा भौतिक दुरी कायम , साबुन पानिले हात धुने लगाएयका व्यक्तिगत सरसफाइ र जनस्वास्थ्यका मापदण्डहरु नियमित रुपमा पालना गर्नुहुन वराहक्षेत्र नगरपालिकाको कार्यालय सबैमा हार्दिक अनुरोध गर्दछ ।