पाँचथर तुम्बेवा गाँउपालिका २ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिल संचालक सोही स्थान बस्ने ३८ बर्षीय जिवन मगर रहेका छन् ।
सोमबार दिउसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जिवनको सोमबारनै बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ।
भने उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्ण बहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।