वराहक्षेत्र नगरपालिका वडा नं ६ स्थित ठाकुरबारीदेखि कोसीपारी श्रीलंका टप्पु जोड्न कोसी नदिमा झोलुङ्गे पुल निर्माणको प्रकृया अगाडि बढेको छ ।
नमुना झोलुङ्गे पुल नामकरण गरेको उक्त योजनाकोलागि आर्थिक वर्ष २०७९/०८० प्रदेस नं १ सरकारले २ करोड बजेट बिनियोजन गरेको छ ।
सुगम जिल्लाको दुर्गम बस्तिको रुपमा व्यख्या गर्ने गरिएको श्रीलंका टप्पुसगै उदयपुर जिल्लासंग सुनसरीलाई जोड्ने महत्त्वपूर्ण योजनाको रुपमा झोलुङ्गे पुललाइ लिएको छ ।
स्थानियको दैनिकी , आधारभुत आवश्यक्ता , कृषि , पर्यटनसंग समेत झोलुङ्गे पुल जोडिएको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।
पुल निर्माणको कार्यलाई तिब्रता र सहजिकरण गराउन लागि पर्ने नगर प्रमुख कार्कीले बताए ।
उक्त नमुना झोलुङ्गे पुल निर्माणको लागी मङलवार स्थलगत अवलोकन समेत गरिएको छ । मङलवारनै वराहक्षेत्र नगरपालिकाको सभाहलमा प्रदेश नं १ सरकार तथा मन्त्री परिसद कार्यलयका सचिब , प्रदेश योजना आयोगका सदस्य , वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , बेलका नगरपालिकाका प्रमुख अशोक कार्की , बराहक्षेत्र नगरपालिकाकि उपप्रमुख नन्दकुमारी राई , वडाध्यक्षहरुको उपस्थितमा छलफल समेत भएको थियो ।निर्माण स्थल समेत अबलोकन गरेका थिए ।