वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित मर्निङ्ग स्टार स्कुलले प्लस टु सञ्चाल गर्ने भएको छ ।
शैक्षिक सत्र २०७९ वाट सुरु गर्ने गरि सञ्चालन हुने प्लस टु नव निर्मीत भवनमा संचालन हुने भएको छ।
शनिबार बिद्यालयको सभाहलमा आयोजना भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले नव निर्मित भवनको उद्घाटन तथा प्लस टुको समेत उद्घाटन गरेका थिए ।
२०४९ सालमा चक्रघट्टिमा स्थापना भएको स्कुकले प्रतिस्पर्धाकालागि नभई सेवा मुखीको भावना लाई लिएर स्थानीय बिद्यार्थीहरु उत्कृष्ट शिक्षा प्रदान गर्न प्लस टु सञ्चालन गरिने पिन्सिपल सुदिर खाल्कोले बताए ।
२०७९ सालको शैक्षिक सत्रबाट सुरु कक्षा ११ मा व्यवस्थापन संकायबाट कक्षा सञ्चालन गरिने छ । प्लस टुको कक्षा सञ्चालनकालागि भौतिक संरचना, शैक्षिक गतिविधि , पुस्तकालय , यातायात ,जनशक्ति लगाएत सम्पूर्ण आवश्यक पक्षहरुको तयारी पूरा भईसकेको पिन्सिपल सुदिर खाल्कोले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै विभिन्न वक्ता यस स्कुलको स्थापना गर्न सहयोग गर्ने ब्याक्तीहरुको समेत योगदानको समेत प्रशंसा गरेका थिए ।
कार्यक्रममा वराहक्षेत्र बडा नं ७ का अध्यक्ष कपिल आचार्य , वडा नं ५ का अध्यक्ष रोहित काफ्ले , वडा ८ का अध्यक्ष रोशन खड्का , युवा , खेलकुद तथा शिक्षा बिकास शाखा प्रमुख उप-सचिव देबेन्द्रबहादुर मल्ल , वराहक्षेत्र नगरपालिकामा रहेका माध्यमिक बिद्यालयका प्रध्याध्यापक , विभिन्न संघ , संस्थाका प्रतिनिधि , अभिभाबकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले सास्कृतिक प्रस्तुतिले अतिथिहरुलाई स्वागत् गरेका थिए ।