सुनसरीको वराहक्षेत्र नगरपालिकाले किसानलाई ५० प्रतिशत मूल्य अनुदानमा धानको वीऊ बितरण सुरु गरेको छ । वराहक्षेत्र नगरपालिका नगर कार्यपालिका कृषि बिकास शाखाको आर्थिक बर्ष २०७८/०७९को बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कृषि बिकास शाखा मार्फत मङलवारबाट किसानलाई उन्नत जातको धानको वीऊ वितरण सुरु गरेको हो । नगरपालिकाले नेपाल सरकारको धान उत्पादन प्रवद्बन कार्यक्रमलाई सफल पार्ने धानको वीऊ किसानलाई उपलब्ध गराईएको हो ।
नगरपालिकाले वहुगुनी -२, गरिमा , रामधान , मिथिला , स्वर्ण सव , सम्बा मस्सुली प्रजातिको धानको बिऊ बितरण गरिने कृषि बिकास शाखाका प्रमुख तुलसा लिम्बूले बताईन् । धर्निपुर्जा हेरेर आवश्यक्ताको आधारमा १ विग्गा जनिनमा २० केजिको दरले वीऊ उपलब्ध गरीने छ ।
मङलवारबाट सुरु भएको धानको बीउ वितरण कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले वास्तविक किसानलाई प्रथामिकता गरेर धानको बिऊ बितरण गर्ने कृषि शाखालाई निर्देशन दिए ।
नगरपालिकाको ५ लाख र संघिय सरकारको ५ लाख आर्थिक सहयोगबाट कृष्ण अनुसन्धान केन्द्र तरहरा , जुटवालि बिकास केन्द्र इटहरी र कृषि बिकास फर्म चन्दडागी झापाबाट धानको वीऊ खरिद गरिएको हो । पहिलो चरणमा शाखाले १४ हजार ४५ केजि धानको विऊ खरिद गरेर ल्याएको छ । शाखाले ७ सय किसानलाइ ७ सय बिग्गा जमिनलाई आवश्यक धानको वीऊ उपलब्ध गराउने लक्ष्य लिएको छ ।