सुनसरीको बराहक्षेत्र नगरपालिकाको मेयर सहित ८ लोकतान्त्रिक वाम गठबन्धन (नेपाली काङ्ग्रेस)का उमेदवार विजयी भएका छन्
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रमेश कार्कीले १९ हजार २ सय ९३ मत ल्याएर बराहक्षेत्र नगरको प्रमुख पदमा विजयी भएका हुन् ।?
उनका प्रतिद्वन्दी नेकपा एमालेका निलम खनालले १४ हजार १ सय ५४ मत पाएक छन् । ५ हजर १ सय ३९ मतान्तरले निलम खनाललाई पछि पर्दै नेपाली काङ्ग्रेसका रमेश कार्की विजय बनेका हुन् ।
त्यसैगरि उप प्रमुख पदमा नेकपा एमालेकि नन्दकुमारी राई विजय भएकी छन् । राईले लोकतान्त्रिक बाम गठबन्धनका उप प्रमुख पदका उमेद्वार अमित गौतमलाई ५ हजार २ सय २२ मतान्तरले पछि पार्दै नन्दकुमारी राई विजय भएकी हुन् ।
निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रको तथ्यांक अनुसार बराहक्षेत्र नगरमा ४३०५७ मत खसेकोमा उप प्रमुख पदमा एमालेकी नन्दकुमारी राईले १५ हजार ७ सय ६६ मत पाएर विजयी बनेकी हुन् । उनका प्रतिद्वन्दी गठबन्धनका उम्मेद्बार अमित गौतमले १० हजार ५ सय ४४ मत पाएका थिए ।
भने बराहक्षेत्र नगरपालिकामा ११ वडा मध्ये ३ वडा नेकपा एमाले बिजय गरेको छ। भने बाकी वडा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले बिजय भएको हो ।