बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नेपाली कांग्रेस वडा कमिटीले चुनाव लक्ष्यित टोल कमिटी गठन कार्यलाई तीब्र दिएको छ।
सरकार बैशाख ३० गते निर्वाचन घोषण गरेपछि अहिले विभिन्न पार्टीहरुलाई संगठन बिस्तार गर्ने कार्य लाई तीब्र दिएको बराहक्षेत्र वडा नम्बर ३ नेपाली कांग्रेस वडा सभापति पनुलाल धामीले बताए ।
धामीले टोल कमिटी निर्माण कार्य चलिरहेको र आज आइतबार ६ गते राजमार्ग र देबिथान टोल समिति गठन भएको छ ।
महेन्द्र कार्कीको सभापति ३७ सदस्यीय चयन भएको छ । जसमा उप सभापति कर्ण बहादुर बि.क ,महिला उप सभापति सुनिता राउत ,सचिव अनिल पुरी , सहसचिव बिकास राई र योगेन्द्र राउत , कोषाध्यक्षमा प्रमिला भुजेल गरि ३७ सदस्यीय समिति बनाएको सन्तोष पुरी बताए । देबिथान मन्दिरको धर्मसालामा टोल कमिटी गठन भएको थियो ।