बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जर स्थित जगन्नाथ डेडराज जनता माध्यमिकको खेलमैदानमा फागुन १ गते आज देखि सुरु भएको प्रथम भरौल भेट्रान फुटबल प्रतियोगितामा धरान भेट्रान फुटबल क्लबले बिजयी सुरुवात गरेको छ।
आज भएको उद्घाटन खेलमा धरान भेट्रान फुटबल क्लब र दुधे भेट्रान फुटबल क्लब बिच भएको खेलमा पहिलो हापको खेलमा गोलरहित बराबर भएको थियो ।
भने दोस्रो हापको खेलको १३ मिनेटमा धरान भेट्रान फुटबल क्लबका जर्सी नम्बर ८ खेलाडी नगेन्द्र मणि लिम्बुले पहिलो गोल गर्दै धरानले खाता खोले को थियो । भने पुर्न खेलको १७ मिनेट पुर्न लिम्बूले गोल गर्दै खेल अग्रता दिलाएका थिए । यता दुधे भेट्रान फुटबल क्लबले गोल गर्न निकै प्रयास गरेपनि गोल फर्काउनु नसक्दा खेल हार खेप्नुपरेको थियो ।
खेलको म्याद अफ द म्याच धरान भेट्रान फुटबल क्लब दुई गोल गर्न सफल भएका जर्सी नम्बर ८ नगेन्द्र मणि लिम्बु घोषित भए ।
प्रतियोगितामा प्रथम हुने लाई ७१ हजार र दोस्रो हुनेलाई ४१ हजार र ट्रफी मेडल प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता लाई बराहक्षेत्र नगरपालिकाको कार्यालय र सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ कालाबन्जारले प्रायोजक रहेको छ।