वराहक्षेत्र – ८ कालापानिका भुबन दाहाल र मुकुन्द दाहालले चतराधाम स्थित राधाकृष्ण भक्ति साधना आत्यमिक प्रतिष्ठानलाई ३० मन धान र ३५ जोडी जाडोमा लगाउने चपल प्रदान गरेका छन् ।
वुवा गंगा दाहाल ८४ वर्ष पुगेको अवशरमा दाहाल दाजु , भाइले धान्यकुट पुजनको रुपमा धान र चपल आत्यमिक प्रतिष्ठानमा बस्ने आमाहरुलाई प्रदान गरेको प्रतिष्ठानका व्यवस्थापन सुनिल भट्टराईले बताए ।
छोराद्बय भुबन , मुकुन्द दाहाल र छोरीहरु सुभद्बा र मिराले शनिवार आत्यमिक प्रतिष्ठानमै पुगेर ५० जना आमा वुबाहरुलाई भोजन समेत गराएका थिए ।