चतरामा जारी प्रथम बराह च्यालेन्ज फूटबल प्रतियोगिता अन्तर्गत मङलवार भएको खेलमा पटनाली फुटलब क्लब धरान बिजयी भएको छ । ग्रिन कल्चरल क्लव चक्रघट्टिलाई टाइब्रेकरमा १ का विरुद्ध ४ गोल ले हराउदै पटनाली बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्त रोचक एव् प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र अतिरिक्त समयमा दुबै टिमबाट १-१ गोलको वरावरी भए पछि खेलको नतिजा टाइब्रेकरबाट लिएको थियो । पहिलो हापको ८ अौं मिनेटमा ग्रिन कल्चरलले खेलमा अग्रता लिएको थियो । ग्रिन कल्चरलकालागि जर्सि नं ६ का उमेश कार्कीले गोल गरेका थिए । पहिलो हापमा १ गोलले पछि परेको पटनालीले दोस्रो हापको २३ अौ मिनेटमा गोल गरेको थियो । पटनालीकालागि जर्सि नं ८ का साहिल राईले वरावरी गोल गरेका थिए । त्यस पछि निर्धारित र अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेलको नतिजा टाईभरेक्ट बाट लिएको थियो । टाईभरेक्टमा २ पेनाल्टी सुटलाई बिफल बनाएका पटनाकिका गोल रक्षक सुमन निरौला म्यान अफ द म्याच घोषित भए । उनलाई ग्रिन कल्चर क्लबका उपध्यक्ष दिनेश राईले नगद २ हजार र ट्रफी प्रदान गरे । बुधबार प्रतियोगिताको पहिको सेमिफाइनल खेल आयोजक हाटखोला फूटबल क्लब रातो र सप्तकोसी फुटबल क्लब देबिघाटका बिच र मङलवार बिजयी बनेको पटनालीले बिहिबार अन्तिम सेमिफाइनल खेल एभरेस्ट फुटबल क्लब भिड्ने आयोजक क्लव हाटखोला फुटवल क्लबका सचिव रोहित साहले बताए । खेल स्थानिय बाइसबिघे खेल मैदान मा भईरहेको छ ।