अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आयोजना हुने भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको ज.डे.ज. स्कुलको खेलमैदान यही चैत २३ गतेदेखि ३० गतेसम्म सन्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
प्रतियोगितामा आयोजक न्यु स्टार क्लब सहित भारतका दुई टिम, विभागीय एक टिमसहित ८ टिमले सहभागिता जनाउने छन् ।
जम्मा विभागीय टिम तर्फ नेपाल पुलिस क्लब काठमाडौ ,धरान फुटबल क्लब सुनसरी,आमुक्त परिवार भारत ,कन्चनजंङ्गा फुटबल क्लब भारत ,बिर्तामोड न्यु स्टार क्लब झापा , आयोजना न्यु स्टार क्लब , प्लानिङ्ग बोइज युनाइटेड काठमाडौं , हनामी बि.एफ.सि. भरतपुर चितवनले सहभागी जनाउनुने भएको क्लब अध्यक्ष भेषराज कार्कीले बताए ।
प्रत्येक खेलमा म्यान अफ द म्याच जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने राइजिङ प्लेयर घोषित खेलाडीले समेत १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । भने सर्वात्कृष्ट खेलाडीले भने ३५ हजार प्राप्त गर्ने छ।
प्रतियोगितामा विजेता हुने टिमले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष कार्कीले जानकारी दिए । प्रतियोगितामा ५५ लाख ५१ हजार खर्च हुने अनुमान गरिएको छ।
गत बर्षको छैटौं भरौल गोल्डकपको फाइनलमा खेलमा डिवाइन ब्वाइज युनियन क्लब काठमाडौ र क्षमादेवी प्लानिङ्ग ब्वाइज बिच भएको खेलमा दुबै टिमबाट १-१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेपछि टाइब्रेकरमा ४-५ गोल गर्दै गत बर्सको बिजेता क्षमादेवी प्लानिङ्ग ब्वाइजले उपाधी जित्न सफल भएको थियो । यसपटक भने बिजेता र उपबिजेता सहभागी जनाएका छैन ।