वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा वडा नं ३ बिजयी भएको छ ।
वडा नं ४ लाई शुन्यका विरुद्ध ७ गोलको अन्तरले पराजित गरेको वडा नं ३ ले लगातार दुई खेलमा जित निकाल्लेको हो । दुई खेलमा दुई जित हात पारेको गत सिजनको बिजेता वडा नं ३ ले प्रतियोगितामा ६ अंङ्क जोड सफल भएको छ।
खेलमा उत्कृष्ट प्रदशन गर्दै एक्लैले सात गोल गरेका वडा नं ३ का निसान लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
त्यस्तै शुक्रबारनै भएको दोस्रो खेलमा वडा नं. १ विजयी भएको छ । वडा नं ११ लाई शुन्यका विरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै वडा नं १ प्रतियोगितामा लगातार दुई जित दर्ता गराएको हो । लगातार दुई खेल जितेको वडा नं १ ले प्रतियोगितामा ६ अङ्क जोड्न सफल बनेको छ ।
खेलमा १ गोल गरेका वडा नं १ का दिवस लिम्बू म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
भोलि शनिबार पहिलो खेल वडा नं ६ र वडा नं ७ तथा दोस्रो खेल वडा नं २ र वडा नं ५ का बिच हुनेछ । नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारि प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।
प्रतियोगिता फाल्गुन ४ गतेसम्म सञ्चालन हुनेछ ।
भने वराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख१ हजार उपविजेताले १ लाख १ हजार तेस्रो हुने टिमले ५१ हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जानकारी दिएको छ ।