बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबासमा जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको तालतलैया फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।
आज भएको पहिलो सेमिफाइनल खेलमा तालतलैया फुटबल क्लब र सप्तकोसी युवा क्लब बीच भएको खेलमा १-१ गोल गर्दै खेल टाइब्रेकरमा पुगेको थियो ।
सप्तकोसी फुटबल क्लबका खेलाडी जर्सी नम्बर १७ दिनेश राईले पहिलो हापको १८ मिनेटमा गोल गर्दै खेलमा पहिलो खाता खोलेका थिए ।
पहिलो हापसम्म शुन्यको विरुद्ध १ गोल भएपनी दोस्रो हापको ३३ मिनेटमा तालतलैया फुटबल क्लबका खेलाडी जर्सी नम्बर ७ सिजल राईले गोल गर्दै खेल बराबरिमा पुराउन सफल भएका थिए ।
निकै रोमाञ्चक रहेको खेलमा दुबै टिमबाट गोल फर्काउनु निकै प्रयास गरेपनि थप गोल
हुननसक्दा खेल टाइब्रेकरमा पुगेका थियो ।
टाइब्रेकरमा ५-४ गोल गर्दै तालतलैया फुटबल क्लब फाइनल पुगेको छ। जसमा सप्तकोसी युवा क्लबका आशन राई,सन्जय श्रेष्ठ ,रुपेश भुजेल र भिम बिकले गोल गरे भने रबिन राई र उमेश चौधरीको प्रहार तालतलैया फुटबल क्लबका गोलरक्षक बिकास थापाले बचाउ गरेका थिए । भने यता तालतलैया फुटबल क्लबका मनिष क्षेत्री,देब राई,निश्चल लामा,सन्दिप लिम्बु ,अनिश बस्नेतले गोल गरे भने सिजल राईको प्रहार पोलमा ठोक्किएर बाहिरीएको थियो ।
तालतलैया फुटबल क्लबका गोलरक्षक बिकास थापाले दुई गोल सेप गर्दै खेलको म्यान अफ द म्याच घोषित भए उनलाई बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष रोशन खड्काले नगद १५सय सहित ट्रफि हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगितालाई बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को कार्यालयको मुख्य प्रायोजन रहेको तथा बराहक्षेत्र नगर खेलकुद बिकास समित संरक्षक रहेको खेल कार्तिक २४ गते सम्म संचालन हुने खेल संयोजक रोनि बिष्टले बताए ।