बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबासमा जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा चक्रघट्टि फुटबल क्लब प्रवेश गरेको छ।
आज भएको दोस्रो खेलमा चक्रघट्टी फुटबल क्लब र जनचेतना युवा क्लब रामधुनी बीच भएको खेलमा १-१ गोल भए पछी खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा ३-५ गोल गर्दै चक्रघट्टी फुटबल क्लब दोस्रो चरणको खेलमा प्रवेश गरेको छ ।
पहिलो हापको १८ मिनेटमा चक्रघट्टि फुटबल क्लब जर्सी नम्बर १४ रोशन भुजेलको पासलाई जर्सी नम्बर १० का खेलाडी निशान लिम्बुले गोल गर्दै खेलमा खाता खोल्न सफल भएका थिए ।
पहिलो हाप सम्म शुन्यको विरुद्ध १ गोलले अग्रता रहेको चक्रघट्टिले दोस्रो हापपछि आफ्नो अग्रतालाई कायम गर्न नसक्दा खेलको थप २ मिनेटको समयमा जनचेतना युवा क्लब रामधुनी खेलाडीले पाएको कनर प्रहारलाई जर्सी नम्बर १० लभ चौधरीले गोल गर्दै खेल बराबर बनाएका थिए ।
खेल बराबर भएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा चक्रघट्टीका खेलाडी निशाल लिम्बूले,रोशन भुजेल,दिरेन्द्र लिम्बु ,सनम राई,रायन कार्कीले गोल गरेका थिए भने जनचेतना क्लबका खेलाडी निवस फुयाल ,प्रतीक्षण चौधरी ,लभ चौधरीले गोल गरेका थिए भने अनिश खवासको प्रहार चक्रघट्टी फुटबल क्लब गोलरक्षक अशिब राईले सेप गर्दै खेलको म्यान अफ द म्याच घोषित भए उनले नगद १५सय सहित ट्रफि हात परेका थिए ।
प्रतियोगितामा विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।
भोलि कार्तिक १४ गते तेस्रो प्रि क्वाटर फाइनल खेल
हाटखोला फुटबल क्लब बराहक्षेत्र र आर्दश फुटबल क्लब रामधुनी बीच हुनेछ
प्रतियोगितालाई बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को कार्यालयको मुख्य प्रायोजन रहेको तथा बराहक्षेत्र नगर खेलकुद बिकास समित संरक्षक रहेको खेल कार्तिक २४ गते सम्म संचालन हुने खेल संयोजक रोनि बिष्टले बताए ।