बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजाबासमा आज सोमबारदेखि सुरु भएको २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा सप्तकोसी युवा क्लब प्रवेश गरेको छ।
आज भएको उद्वघाट्न खेलमा प्रकाशपुर फुटबल क्लब र सप्तकोसी युवा क्लब बीच भएको खेलमा दुबै टिमबाट १-१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
खेल सुरु भएको ५ मिनेटमा प्रकाशपुर फुटबल क्लब सौरभ राउतले पहिलो गोल गर्दै खाता खोल्न सफल भएका थिए भने सप्तकोशी फुटबल क्लब बराहक्षेत्र अशन राईले खेलको ४२ मिनेटमा गोल गरि खेल बराबरमा पुराउन सफल भएका थिए । यता दुबै टिम बाट गोल फर्काउने प्रयास गरेपनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियोे ।
टाइब्रेकरमा प्रकाशपुर फुटबल क्लब लाई २-४ गोल गर्दै सप्तकोसी युवा क्लबले क्वाटर फाइनलको यात्रा तय गरेको छ। सप्तकोशी फुटबल क्लब बराहक्षेत्रका खेलाडी असन राई खेलको म्यान अफ द म्याच घोषित भए उनले नगद १५सय सहित ट्रफि हात परेका थिए ।
प्रतियोगितामा विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।
भोलि कार्तिक १४ गते दोस्रो प्रि क्वाटर फाइनल खेल
चक्रघट्टि फुटबल क्लब बराहक्षेत्र सुनसरी र जन चेतना युबा क्लब रामधुनी बीच हुनेछ
प्रतियोगितालाई बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को कार्यालयको मुख्य प्रायोजन रहेको तथा बराहक्षेत्र नगर खेलकुद बिकास समित संरक्षक रहेको खेल कार्तिक २४ गते सम्म संचालन हुने खेल संयोजक रोनि बिष्टले बताए ।