सुनसरीको वराहक्षेत्र ६ चक्रघट्टीमा वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बराहक्षेत्र गोल्डकपमा बराहक्षेत्र ११ फाइनलमा प्रवेश गरेको छ।
आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बराहक्षेत्र ११ र चितल्याड्ग फुटबल क्लब काठमाण्डौ बीच भएको खेलमा ३-१ गोल अन्तर गर्दै बराहक्षेत्र ११ फाइनलमा प्रवेश गरेको छ।
खेलको पहिलो हापको ४ मिनेटमा बराहक्षेत्र ११ खेलाडी जर्सी नम्बर ९ आकाश राईले गोल गर्दै पहिलो खाता खोलेका थिए ।
पहिलो हाप सम्म १को विरुद्ध शुन्य गोल गर्दै बराहक्षेत्र ११ ले अग्रता लिएको थियोे । भने खेलको दोस्रो हापको १ मिनेट पुर्न आकाश राईले थप गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।भने खेलको २६ मिनेटमा पुर्न जर्सि नम्बर १० साजन राईले थप एक गोल गर्दै बराहक्षेत्र ११ लाई खेलमा थप सहज बनाएका थिए भने यता चितल्याड्ग फुटबल क्लब काठमाण्डौका जर्सी नम्बर ११ राजिब लोप्चानले खेलको २९ मिनेट पहिलो गोल गर्दै खेलमा पहिलो खाता खोल्न सफल भएका थिए ।
निकै रोमाञ्चक रहेको खेलमा चितल्याड्ग फुटबल क्लब काठमाण्डौले मैदानमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल प्रहार गर्न नस्कदा खेल हार खेप्नुपरेको थियो भने यता बराहक्षेत्र ११ मैदानमा दर्शकको साथ पाएको पछी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न सफल हुदै फाइनलको यात्रा तय गरेको छ।
भने खेलको म्याच अफद म्याच बराहक्षेत्र ११ खेलाडी जर्सी नम्बर ९ आकाश राई घोषित भए उनले खेलमा २ गोल गर्दै नगद ३ हजार ट्रफी हात पारेका थिए ।
बराहक्षेत्र ११ भनेर नगर खेलकुद बिकास समितिले बराहक्षेत्र भित्रका खेलाडीहरुलाई समेटेर बराहक्षेत्र ११ भनेर नाम दिएको छ।
भोलि खेल ए डिभिजन क्लबका खेलाडीहरु सहित शान्तिनगर फुटबल इटहरी र फ्युजन फुटबल क्लब उदयपुर बीच हुनेछ ।
असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता चक्रघट्टी फुटबल क्लबको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा नेपाल र भारतका गरि आठ वटा टिमले सहभागिता रहेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख र दोस्रो पुरस्कार एक लाख राशिसहित सिल, ट्रफी, मेडल पाउनेछन् ।
मुख्य प्रायोजक वाईवाई वराहक्षेत्र नगरपालिका खेलकुद विकास समिति संरक्षक , बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को कार्यालय सह प्रायोजक र विशेष सहयोगी सुनसरी जिल्ला फुटबल सङ्घ रहेको आयोजकले जनाएको छ ।