सुनसरीको वराहक्षेत्र ६ चक्रघट्टीमा वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बराहक्षेत्र गोल्डकपमा चितल्याड्ग फुटबल क्लब काठमाण्डौ सेमिफाइनलमा प्रवेश गरेको छ।
आज बुधबार भएको तेस्रो खेलमा चितल्याड्ग फुटबल क्लब काठमाण्डौ र ब्रिगेड ब्याईज क्लब काठमाण्डौ बिच भएको खेलमा ब्रिगेड ब्याईज क्लब काठमाण्डौलाई टाइब्रेकरमा ४-५ गोल अन्तर गर्दै चितल्याड्ग फुटबल क्लब काठमाण्डौ सेमिफाइनलमा प्रवेश गरेको छ।
निकै प्रतिस्पर्धा रहेको खेलमा प्रहिलो हापको २२ मिनेटमा ब्रिगेट ब्याईज क्लब काठमाण्डौका जर्सि नम्बर २४ रन्जन पुनले गोल गर्दै पहिलो खाता खोलेका थिए । पहिलो हापमा ब्रिगेट ब्याईज क्लब काठमाण्डौले निकै राम्रो प्रदर्शन गरेपनि दोस्रो हापमा राम्रो प्रदर्सन गर्नु नस्क्दा दोस्रो हापको ३९ मिनेटमा चितलाड्ग फुटबल क्लब काठमाण्डौ खेलाडी तपन कार्कीले गोल फर्काउदै खेल बराबरीमा पुराएक थिए ।
दुबै टिमबाट १-१ गोल भएपछि खेल निकै प्रतिस्पर्धामक रहेको थिए गोल फर्काउन दुबै टिमले निकै प्रयास गरेपनि गोल फर्काउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थिए । टाइब्रेकरमा ब्रिगेट ब्याईज क्लब काठमाण्डौका एन्जल महर्जन ,अनिस पुलामी ,सुमित श्रेष्ठ ,एक्सन लिम्बु गोल गरे भने कुशल देउबाको प्रहार भने बाहिर हानेका थिए भने यता चितलाड्ग फुटबल क्लब काठमाण्डौका खेलाडी जय गुरुङ ,राजिब लोपचन , छितिज भंडारी ,अनिस तामाड्ग ,सकल रेग्मिले गोल गरेका थिए ।
भने खेलको म्याच अफद म्याच चितलाड्ग फुटबल क्लब काठमाण्डौका गोलरक्षक बिशाल सोनार घोषित भए उनले ३ हजार ट्रफी हात पारेका थिए ।
भोलि खेल ए डिभिजन क्लबका खेलाडीहरु सहित चक्रघट्टी फुटबल आयोजना र फ्युजन फुटबल क्लब उदयपुर बीच हुनेछ ।
असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता चक्रघट्टी फुटबल क्लबको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा नेपाल र भारतका गरि आठ वटा टिमले सहभागिता रहेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख र दोस्रो पुरस्कार एक लाख राशिसहित सिल, ट्रफी, मेडल पाउनेछन् ।
मुख्य प्रायोजक वाईवाई वराहक्षेत्र नगरपालिका खेलकुद विकास समिति संरक्षक , बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को कार्यालय सह प्रायोजक र विशेष सहयोगी सुनसरी जिल्ला फुटबल सङ्घ रहेको आयोजकले जनाएको छ ।