सुनसरीको बराहक्षेत्र नगरपालिकाको मधुवन र प्रकाशपुर स्थित धिरज मेडिकलबाट प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो ३० गते सुनसरीको बराहक्षेत्र-१० स्थित धिरज मेडिकल हलमा नियन्त्रित औषधीहरु बिक्रि बितरण गर्दै आईरहेको छ ।
भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले मेडिकलबाट Spaspain १ सय ६७, Pregastar १ सय ३० र Antikof ४७ ट्याबलेट फेला पारे संगै मेडिकल संचालक ४५ बर्षीय दिपेन्द्र कुमार गोइत, औषधी बिक्री गर्ने निजकै श्रीमती ४३ बर्षीया पुनम कुमारी गोइत र सोहि मेडिकलमा काम गर्ने इनरुवा- ६ का २९ बर्षीय रामानन्द मेहतालाई समेत नियन्त्रणमा लिएको हो ।
सुनसरीकै बराहक्षेत्र नगरपालिका-११ स्थित प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले पैदल यात्री बराहक्षेत्र-१० का २३ बर्षीय ज्ञानु मगर र ३६ बर्षीय राजु उराउलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट Tramadol ३ सय ट्याबलेट बरामद गरेको हो ।
प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका सवै जनालाई थप अनुसन्धानको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाइएको छ ।