सुनसरीको वराहक्षेत्र ६ चक्रघट्टीमा वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बराहक्षेत्र गोल्डकपमा शान्तिनगर फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ।
आज मंगलबार भएको दोस्रो खेलमा बि.एस.के. क्लब भारत र शान्तिनगर फुटबल क्लब इटहरी बिच भएको खेलमा बि.एस.के. क्लब भारतलाई टाइब्रेकरमा ४-२ गोल अन्तर शान्तिनगर फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ।
निकै प्रतिस्पर्धा रहेको खेलमा प्रहिलो हापसम्म दुबै टिमबाट कुनै पनि गोल भने हुनसकेन यता दोस्रो हापको २१ मिनेटमा शान्तिनगर फुटबल क्लब इटहरीका जर्सी नम्बर ११ खेलाडी सुरज राउत पहिलो गोल गर्दै खाता खोलेका थिए ।
शान्तिनगर फुटबल क्लबले गोल गर्न साथ बि,एस,के,क्लब भारतका जर्सी नम्बर ११ बिदेशी खेलाडी फजलले २५ मिनेटमा गोल फर्काउदै खेल बराबर बनाएका थिए ।
गोल फर्काउन दुबै टिमले निकै प्रयास गरेपनि गोल फर्काउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थिए । टाइब्रेकरमा शान्तिनगर फुटबल क्लब इटहरीका खेलाडी दिपेश धिमाल ,हरि कार्की ,एकराज बुढाथोकी र आशिष राईले गोल गरेका थिए भने
यता बि,एस,के,क्लब भारतका खेलाडी गणेश लिम्बु र बिदेशी खेलाडी फजेलले गोल गरे भने
रनीक र एन्जलको प्रहार भन्ने पोल बाहिर गएको थियोे ।
भने खेलको म्याच अफद म्याच शान्तिनगर फुटबल क्लब इटहरीका जर्सी नम्बर १३ खेलाडी आशिष् राई घोषित भए उनले ३ हजार प्राप्त गरेका थिए ।भोलि खेल ए डिभिजन क्लबका खेलाडीहरु सहित चितल्याड्ग फुटबल क्लब काठमाण्डौ र ब्रिगेड ब्याईज क्लब काठमाण्डौ बीच हुनेछ ।
असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता चक्रघट्टी फुटबल क्लबको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा नेपाल र भारतका गरि आठ वटा टिमले सहभागिता रहेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख र दोस्रो पुरस्कार एक लाख राशिसहित सिल, ट्रफी, मेडल पाउनेछन् ।
मुख्य प्रायोजक वाईवाई वराहक्षेत्र नगरपालिका खेलकुद विकास समिति संरक्षक , बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को कार्यालय सह प्रायोजक र विशेष सहयोगी सुनसरी जिल्ला फुटबल सङ्घ रहेको आयोजकले जनाएको छ ।