सुनसरीको वराहक्षेत्रको कालाबन्जरमा जारी छैठौं अन्तराष्ट्रिय भरौल गोल्डकप फुटवल आइतवार भएको सेमिफाइनल खेल जित्दै काठमान्डौंको क्षमादेवि प्लानिङ्ग ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय जागृती क्लव ईटहरीलाई ट्राईब्रेकर सुटआउमा ४ का विरुद्ध ५ गोलले हराउ“दै गत सालको विजेता डिफेन्डिङ्ग च्याम्पियन क्षमादेवि ब्वाइज युनाईटेडले फाईनलको यात्रा तय गरेको हो । उपाधिको लागि उसले २० गत हुने अन्तिम सेमिफाइनलको विजेता संग भिड्ने छ ।
निर्धारित ९० र अतिरिक्त ४ मिनेटको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा गएको थियो ।
निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिम वाट राष्ट्रिय स्तरमा खेल्ने ए डिभिजनका खेलाडी खेलेको भएपनि दुवै टिमलाई गोल गर्न कठिन भएको थियो,उनीहरुले पाएको धैरे सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेका थिएनन् ।
खेलको म्यान अफ द म्याच क्षमादेविका गोलकीपर लोकेश चौधरी घोषित हु“दै नगद ५ हजार रुपैंया प्राप्त गरे ।
टाईब्रेकरमा राष्ट्रिय जागृती क्लव वाट प्रवेश दनुवार,सुमित चौधरी, सुदिप खड्का रमेश राजवंशीले गोल गरे । भने क्षमादेवी युानईटेडका विशाद दर्जी, सोनिम मगर,विवश मगर, राम शाह र विदेशी खेलाडी स्टिभले गोल गरे ।
स्थानिय जडेज माविको खेल मैदानमा भईरहेको नगरपालिको सबैभन्दा ठूलो धनराशिको गोल्डकपको विजेताले नगद ४ र उपविजेताले २ लाख रुपैंया र ट्रफी प्राप्त गर्ने छन् । फाइनल खेल चैत्र २२ गते हुने आयोजकले बताएको छ ।