छैटौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०७९ को अन्तिम क्वाटरफाइनल खेलमा ब्वाइज युनियन फुटबल क्लव काठमाडौँले केबिएल ग्लोबल भरतपुर चितवनलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
हिजो वर्षाका कारण रोकिएको आदि खेल आज दिउँसो १ बजे खेलाइएको थियो। प्रतियोगिता केबिए ग्लोबल भरतपुर ,फुटबल क्लव भरतपुर र ब्वाइज युनियन फुटबल क्लव काठमाडौँ बिच भएको खेलमा १-३ गोल अन्तरले ब्वाइज युनियन काठमाडौ सेमिफाइनल पुगेको छ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा खेलको पहिलो हापको ५ मिनेटमै केबिए ग्लोबल भरतपुरका जर्सि नं १८ का रन्जित आले खेलको पहिलो हापको ५ औँ मिनेटमा १ गोल गरि टिमलाई अग्रता दिलाएका थिए।
निकै रोमाञ्चक बनेको खेलमा ब्वाइज युनियन काठमाडौँका खेलाडि सुजित बुढाथोकीले पाएको सुनौलो अवसरमा चुकेका थिए।खेलकै क्रममा वर्षाले भने खेलाडिकालागि सहजता भने दिएन । भरतपुरले निकै दबाबमा राखेको खेलमा भरतपुरमा खेलाडी जमिर मियाले पाएको सुनौलो अवसर गुमाउन पुगेका थिए।
खेलको दोस्रो हापपछि ५२ औँ मिनेटमा ब्वाइज युनियन क्लव काठमाडौँका जर्सी नं १७ का खेलाडी प्रिन्सले गरेको प्रहारले जाली चुम्न सफल भएको थियो। प्रिन्सको गोलसँगै टिमलाई बराबरीमा ल्याउन सफल भएका थिए।
भरतपुरलाई निकै दबाबमा राखेको ब्वाइज युनियन काठमाडौँले थप खेलको ८१ औँ मिनेटमा ब्वाइज युनियनकै तर्फबाट जर्सि नं ७ का खेलाडी सुजित बुढाथोकीले गोल गरे।१ गोलको अग्रता लिएको ब्वाइज युनियनले पछिल्लो समयमा भरतपुरलाई खेलको ८९ औँ मिनेटमा ब्वाइज युनियनबाटै जर्सि नं १० का खेलाडी तथा टिम क्याप्टेन सुशान्त लामाले गोल गरे।उता केबिए ग्लोबल भरतपुर चिवनले पाएका अवसर गुमाउन पुग्दा १ का विरुद्ध ३ गोलका अन्तरले ब्वाइज युनियन काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ।अब २० गते सेमिफाइनल खेल ब्वाइज युनियनले कञ्चन्जङ्गा फुटबल क्लव सिलगुडी इन्डियासित खेल्ने छ।
खेलको म्यान अफ द म्याच ब्वाइज युनियन काठमाडौका खेलाडी सुशान्त लामा घोषित भए।उनले नगद रु ५००० प्राप्त गरे।
खेलमा प्रथम हुनेले ट्रफिकासाथ नगद ४ लाख,द्धितीय हुनेले ट्रफिका साथै नगद २ लाख पाउने छन्।आजै पहिलो सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लव सुनसरी र क्षमादेवी प्लानिङ ब्वाइज युनाइटेड क्लव काठमाडौँ बिच अहिले खेल भइ रहेछ ।