वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलको समिकरण पूरा भएको छ । फाल्गुन २७ गतेबाट सुरु लिग चरणको खेल सकिएसंगै नकआउटमा पुग्ने अन्तिम चार टिमको टुङ्गो लागेको हो ।
लिग चतरणको अन्तिम खेलमा वडा नं ९ बिजयी भए पनि गोल संङख्याको आधारबाट लिग चरणबाट बाहिएको छ ।
वडा नं ९ ले वडा नं १० लाई दुई गोलको बिरुद्ध तीन गोलको अन्तरले पराजित गरेको थियो । उक्त खेलमा म्यान अफ द म्याच वडा नं ९ का बिवस चौधरी घोषित भए । उनले नगर दुई हजार एक सय र ट्रफी प्राप्त गरेका थिए ।
लिग चरणको पाच खेलबाट वडा नं १ र वडा ९ को समान आठ – आठ अंङ्क प्राप्त गरे पनि गोल संङख्याको आधारमा वडा नं १ समुख “क” बाट उप-बिजेता बन्दै सेमिफाइनलमा पुग्न सफल बन्यो । उक्त समुहबाट वडा नं ३ समूह बिजेता बन्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरि सकेको छ । वडा नं ३ ले लिग चरणका पाच खेलबाट दस अङ्क जोड्न सफल भएको थियो ।
समूह “ख” बाट वडा नं २ समूह बिजेता बन्दै लिगको सेमिफाइनमा प्रवेश गरेको थियो । वडा नं २ ले प्रतियोगिताको लिग चरणनका चार खेलबाट नौं अङ्क प्राप्त गरेको थियो । उक्त समुहबाट समान अंङ्क भए पनि वडा नं ७ गोलसंङख्याको आधारमा समूह उप- बिजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थियो ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा अन्तरगत शनिबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल समूह “क” को बिजेता वडा नं ३ र समूह “ख” को उपबिजेता वडा नं ७ बिच हुनेछ ।