वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बिहिवार भएको पहिलो खेलमा वडा नं १ र वडा नं ९ ले वरावरी खेल्दै अंङ्क बाढेका छन् । निर्धारित र थप अतिरिक्त समयसम्म दुबै टिमले गोल रहित वरावरी खेले पछि प्रतियोगितामा एक-एक अङ्क वाढेका हुन् ।
खेलमा वडा नं १ का अबिशेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
लिगको अन्तिम खेलमा वरावरी खेल्दै एक अङक जोडेको वडा नं १ ले प्रतियोगितामा ८ अंङ्क पुराएको छ । पाच खेलमा वडा नं १ ले दुई खेलमा जित , दुई खेलमा वरावरी र एक खेलमा पराजित बनेको थियो । वडा नं ९ ले प्रतियोगिताको चार खेलमा एक खेलमा जित , दुई खेलमा वरावरी र एक खेलमा पराजित हुँदै पाच अङ्क छ । वडा नं ९ ले लिगमा एउटा खेल खेल्न बाकी रहेको छ ।
त्यस्तै बिहिबार भएको दोस्रो खेलमा वडा नं. १० बिजयी भएको छ । वडा नं ४ लाई एक गोलका बिरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं १० ले प्रतियोगितामा तीन अङ्क जोडेको छ । प्रतियोगितामा चार खेल खेलेको वडा नं १० ले एक खेलमा वरावरी , एक खेलमा पराजित र दुई खेलमा विजयी बनेेर प्रतियोगितामा सात अङ्क पुराएको छ । वडा नं १० ले लिगमा अन्तिम खेल खेल्न वाकि छ । वडा नं ४ लिग चरणका पाच खेलमा पाच अंङ्क पुराउदै लिग टुङ्गाएको छ । वडा नं ४ ले लिग चरणका खेलमा एक खेलमा जित , दुई खेलमा वरावरी र दुई खेलमा पराजित भएको थियो ।
खेलमा वडा नं १० का मनिस राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा शुक्रबार लिग चतरणको अन्तिम खेल वडा नं ९ र वडा नं १० का बिच हुनेछ ।