वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बुधवार भएको पहिलो खेलमा वडा नं ७ बिजयी भएको छ ।
वडा नं ११ लाई शुन्यका बिरुद्ध ३ गोलको अन्तरले पराजित गर्दे वडा नं ७ ले ३ अंङ्क जोडेको छ । लगातार दोस्रो जित दर्ता गरेको वडा नं ७ ले प्रतियोगितामा ६ अङ्क पुराएको छ ।
खेलको पहिलो हाफमा वडा नं ७ ले अग्रता लिन सफल भएको थियो ।पहिलो हाफको अतिरिक्त समयमा ३७ जर्सि नं – ६ का सन्देश श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले अग्रता लिएको वडा नं ७ ले दोस्रो हाफमा थप २ गोल गरेको थियो । खेलको ४२ मिनेटमा वडा नं ७ ले अग्रतालाई दोब्बर बनाएको थियो ।
जर्सि नं १७ का ओमन राईले गोल गरेका थिए । भन्ने खेलको ६८ मिनेटमा जर्सि नं -८ का रबिन राईले गोल गर्दै वडा नं ७ लाई शुन्यका बिरुद्ध ३ गोलको अन्तरले बिजयी गराएका थिए । खेलमा १ गोल गरेका अोमन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
त्यस्तै बुधवारनै भएको दोस्रो खेलमा वडा नं. ९ बिजयी भएको छ । वडा नं ८ लाई १ गोलका बिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै वडा नं ९ ले प्रतियोगितामा महत्त्वपूर्ण ३ अङ्क जोडन सफल भएको छ । पहिलो खेलमा वरावरी खेल्दै १ अङ्क प्राप्त गरेको वडा नं ९ ले प्रतियोगितामा ४ अङ्क पुराएको छ ।
खेलको २१ मिनेटमा वडा नं ९ ले गोल गरेको थियो । जर्सी नं ८ का सुजित राईले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको वडा नं ८ खेलको ५८ मिनेटमा खेलमा फर्किएको थियो । जर्सि नं १७ करण उराँव वरावरी गोल गरेका थिए । निकै प्रतिस्पर्धामात्म बनेको खेलको अतिरिक्त सयममा वडा नं ९ का जर्सि नं १६ का योगेश राईले गोल गर्दै आफ्नो टिमलाई महत्त्वपूर्ण ३ अङ्क थप्न सफल भएका थिए । खेलमा १ गोल गरेका वडा नं ९ का योगेश राईले म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा बिहिवार पहिलो खेल वडा नं २ र वडा नं ६ तथा दोस्रो खेल वडा नं १० र वडा नं ३ का बिच हुनेछ ।