बराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत मङलवार भएको पहिलो खेलमा वडा नं ५ र वडा नं ६ बिचको खेल बराबरीमा टुङ्गिएको छ ।
दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा १-१ गोल खेले पछि दुवै टिमले १-१ अङ्क बाँडेका थिए ।
खेलको पहिलो हापमा वडा नं ६ ले अग्रता लिएको थियो । खेलको २१ अौ मिनेटमा जर्सि नं ११ का रायन कार्कीले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हापमा वडा नं ५ खेलमा फर्किएको थियो । खेलको ५१ अौ मिनेटमा जर्सि नं ३० का सचिन राईले वराबरी गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच वडा नं. ६ का निमेष श्रेष्ठ घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
त्यस्तै मङलवारनै भएको दोस्रो खेलमा वडा नं. ४ विजयी भएको छ । वडा नं १ लाई एक गोल का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै वडा नं ४ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल बनेको छ ।
खेलको १८ मिनेटमा वडा नं ४ ले गोल गरेको थियो । जर्सी नं १९ केशव राईले गोल गरेका थिए । खेलको २९ अौ मिनेटमा वडा नं १ खेलमा फर्किएको थियो । वडा नं ४ का १३ का महेस चौधरीले आत्माघाती गोल गरेका थिए । पहिलो हाफमा एक – एक
गोल भएको खेलको ५१ मिनेटमा वडा नं ४ खेलमा अग्रता लिएको थियो । जर्सि १७ का दिपक तामाङले गोल गरेका थिए ।
खेलमा १ गोल गरेका वडा नं ४ का दिपक तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा बुधवार पहिलो खेल वडा नं ७ र वडा नं ११ तथा दोस्रो खेल वडा नं ८ र वडा नं ९ का बिच हुनेछ ।
प्रतियोगितामा विजेताले ट्रफिसहित नगद २ लाख १ हजार,उपविजेताले ट्रफिसहित १ लाख १ हजार पाउने छन् भने ,तेस्रो हुनेले नगद ५० हजार र सान्त्वना हुनेले नगद २५ हजार पाउने आयोजकले जनाएको छ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सुरु प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।