वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको पहिलो खेलमा वडा नं ८ र वडा नं १० बिचको खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा १-१ गोल गरेपछि दुवै टिमले १-१ अङ्क बाँडेका थिए ।
खेलको पहिलो हापमा वडा नं १० ले अग्रता लिएको थियो । खेलको २८ अौ मिनेटमा जर्सि नं ८ का भोजराज राईले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हापमा वडा नं ८ खेलमा फर्किएको थियो । खेलको ५९ अौ मिनेटमा जर्सि नं ९ का टिम क्पटेन रमेश मुखियाले वराबरी गोल गरेका थिए । यता १० नम्बर वडा खेलाडीले गोल गर्ने अवसर टाइब्रेकरमा पाएपनी गोल गोल गर्न बाट चुकेका थिए । यता खेलमा म्यान अफ द म्याच वडा नं.८ का टिम क्पटेन रमेश मुखिया घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
त्यस्तै सोमबारनै भएको दोस्रो खेलमा वडा नं. २ विजयी भएको छ । वडा नं ११ लाई शुन्य का विरुद्ध ७ गोल अन्तरले पराजित गर्दै वडा नं २ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल बनेको छ ।
गोलको वर्षा गरेको वडा नं २ ले खेलको पहिलो मिनेटमा नै गोल गरेको थियो । जर्सी नं ७ का दिपेस तामाङले गोल गरेका थिए ।
एकतर्फी बनेको खेलमा पहिलो हापको १९ अौ मिनेटमा वडा नं २ ले अग्रतालाई दोब्बर बनाएको थयो । टिम क्पटेन जर्सि नं १६ का वर्तमान राईले गोल गरेका थिए ।
पहिलो हापमा २ गोलले अग्रता लिएको वडा नं २ ले दोस्रो हापमा थप ५ गोल गरेको थियो । दोस्रो हापको ७ अौ मिनेटमा जर्सि नं ७ का दिपेश तामाङले गोल गरेका थिए । पुर्न: दोस्रो हापको ९ अौ मिनेटमा गोल गर्दै जर्सि नं ७ का दिपेश तामाङ्गले ह्याटिक पूरा गरेका थिए । लगातार ३ गोल गरेका दिपेशले दोस्रो हापको २४ अौ र ३४ अौ मिनेटमा गोल गर्दै खेलमा ५ गोल गर्न सफल बनेका थिए । खेलको निर्धारित सयममा ६ गोल गरेको वडा नं २ ले अतिरिक्त समयमा थप १ गोल गरेको थियो । जर्सि नं १६ का बर्तमान राईले गोल गरेका थिए ।
खेलमा ५ गोल हर्दै ह्याटिक पूरा गरेका वडा नं २ का दिपेश तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा मङलवार पहिलो खेल वडा नं ५ र वडा नं ६ तथा दोस्रो खेल वडा नं १ र वडा नं ४ का बिच हुनेछ ।
प्रतियोगितामा विजेताले ट्रफिसहित नगद २ लाख १ हजार,उपविजेताले ट्रफिसहित १ लाख १ हजार पाउने छन् भने ,तेस्रो हुनेले नगद ५० हजार र सान्त्वना हुनेले नगद २५ हजार पाउने आयोजकले जनाएको छ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सुरु प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।