बराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा जारि दोस्रो संस्करणको एकता नक आउट फुटवल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चायन फुटवल क्लब रामधुनी बिजयी भएको छ ।
बिराटनगर सिटि फुटवल क्लव मोरङ्गलाई १ बिरुद्ध २ गोलको अन्तरलले पराजित गर्दै पञ्चायन फाईनलमा प्रवेश गरेको हो ।
खेलको १३ अौ मिनेटमा बिराटनगर जर्सि नं १९ का संन्दिप राई ले गोल गरेका थिए । पहिलो हापमा १ गोलले पछि परेको पञ्चायनले दोस्रो हापमा खेलमा फर्केको थियो।पञ्चायनकालागि खेलको ३९ मिनेटमा जर्सि नं १८ पुजन चौधरीले वरावरी गोल गरेका थिए ।
दोस्रो हापमा बिराटनगर बिरुद्ध आक्रमक बनेको पञ्चायमले खेलको अतिरिक्त थप समयमा पञ्चायनका जर्सि नं २३ का संन्दिप लिम्बूले १ गोल गर्दै पञ्चायनले १ बिरुद्ध २ गोल अन्तरले बिराटनगरलाई पराजित गर्न सफल बनेको थियो ।
खेलमा निर्णायक गोल गरेका पञ्चायनका संन्दिप लिम्बू म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार सहित ट्रफी हात पारे
हाम्रो एकता युवा क्लबको आयोजनामा स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तर्गत अन्तिम सेमिफाइनल खेल बिहिवार रामधुनी आदर्श फुटवल क्लब रामधुनि र राजावास युथ क्लब राजावास बीच खेल हुने क्लवका अध्यक्ष कलामुद्दिन अन्सारीले
वताए ।