बराहक्षेत्र : आज शनिबारदेखि बराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा सुरु भएको दोस्रो संस्करणको एकता नक आउट फुटवल प्रतियोगिताको उदघाट्न खेलमा पञ्चायन फुटबल क्लव रामधुनि विजयी भएको छ।
बोदर्श एफसि उदयपुरलाई शुन्यको बिरुद्ध पाच गोलको अन्तरलले पराजित गर्दै पञ्चाय सेमिफाइनलमा प्रवेश गरेको हो । गोलको वर्षा गराएको पञ्चायनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेको थियो । जर्सि नं ११ का पुष्कर माझिले पहिलो गोल गरेका थिए । एक तर्फि बनेको खेलको १५ अौ मिनेटमा जर्सि १८ पुजन चौधरीले गोल गरेका थिए । खेलको १७ अौ मिनेटमा जर्सि नं २३ का संन्दिप लिम्बू , खेलको १९ अौ मिनेटमा जर्सि नं १८ का पुजन चौधरी र दोस्रो हापको २८ अौं जर्सि नं २ बिजय राईराई गोल गर्दे पञ्चायनले खेलमा सहज जित निकालेको थियो ।
हाम्रो एकता युवा क्लबको आयोजनामा स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तर्गत आइतवार आदर्श फुटबल क्लव रामधुनी र आयोजक हाम्रो एकता फुटबल क्लब मधुनव क्लवबीच खेल हुने क्लवका अध्यक्ष कलाउदिन अन्सारीले वताए ।
क्लवका अध्यक्ष कलाउदिन अन्सारीकाको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रदेस नं १ का प्रदेस सभा सदस्य सदानन्द मण्डलले गर्नुभएको थियो ।प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार रहने छ ।