५ औं संस्करणको मुस्ताङ सयपत्री कपको उपाधि सालवनी फुटबल क्लब वराहक्षेत्रले हात पारेको छ ।
वराहक्षेत्र – ९ स्थित स्थानीय सिरिजंगा यूकसिंग निसामहीम आदारभुत बिद्यालयको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सप्तकोसी युबा क्लव देबिघाटलाइ टाइब्रेकरमा ४ बिरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै सालवनीले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलको १७ औं मिनेटमा सालवनीले अग्रता लिएको थियो । जर्सि नं ७ का सनम धिमालले गोल गरेका थिए ।१ गोलले पछि सप्तकोसीले दोस्रो हापको १० औं मिनेटमा वरावरी गोल गरेको थियो ।
सप्तकोसीकोलागि जर्सि नं ९ का उमेश राईले गोल गरेका थिए । त्यस पछि निर्धारित र थप अतिरिक्त समयमा दुवै टिमवाट कुनै गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिईएको थियो ।
उपाधि हाप पारेको सालवनीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित म्याडल , ट्रफी हात पारेको थियो । उपबिजेतामा चित्त बुझाएको सप्तकोसी नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित म्याडल र ट्रफिमा प्राप्त गरेको थियो ।
सयपत्री युथ क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत खेलमा उत्कृष्ट प्रदर्शन गरेका सप्तकोसी फुटबलका खेलाडी उमेश राई म्याच अफ द म्याच घोषित भए उनले २ हजार १ सय पाए ।
बेस्ट गोलरक्षक सालवनीका सुजित चौधरीले २ हजार १ सय पाए । उत्कृष्ट डिफेन्स सालवनीका योगेश राईले २ हजार १ सय पाए। उत्कृष्ट मिड्फिन्डर सप्तकोसीका रवीन राईले २ हजार १ सय पाए ।उक्कृष्ट फरवड सालबनीका सुजन मगरले २ हजार १ सय पाए।
उत्कृट प्रशिक्षक सालवनीका धिरेन मुखियाले २ हजार १ सय पाए। सर्व उत्कृष्ट सालवनीका उमेश कार्कीले ३हजार १ सय पाए। उच्च गोल कर्ता २ गोल गरेका सप्तकोसीका भिम बिकले ३ हजार १ सय पाए , उदयपमा खेलाडि आयोजक सयपत्रीका रंजित चन्द्रवसी घोषित भएका थिए ।नगदसहित ट्रफि प्राप्त गरेका थिए ।
बिबेता , उपबिजेता तथा बिधागत तर्फ उत्कृष्ट खेलाडीहरुलाई नगर प्रमुख रमेश कार्की , वराहक्षेत्र खेलकुद समितिका संयोजक कपिल आचार्य , वडा नं ९ का वडाध्यक्ष निरजन चन्द्रवसि मण्डल , वडा नं ८ का अध्यक्ष रोशन खडका , वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अनु गुरुङ , सुशिला खनाल , भिमसिह गुरुङ , भिम कटुवाल , नेपाली कांग्रेस प्रदेस सभा सभापति उपेन्द्रबहादुर कटुवाल लगाएले बितरण गरेका थिए।