वराहक्षेत्र- ९ मा जारी मुस्ताङ ५ औं संस्करणको सयपत्री कपमा सप्तकोसी युवा क्लव देविघाट र सालवनी फुटवल क्लब सालवनी फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा सप्तकोसीले आयोजक सयपत्री युथ क्लबलाई शुन्यका बिरुद्ध एक गोलको अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।
त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सालवनीले फेयर फुटबल क्लब धरानलाई पराजित गर्दै फाईनमा प्रबेश गरेको थियो ।
शनिबार भएको खेलको पहिलो हापको १७ औं मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । जर्सि नं १८ का दिप्सन राईले गोल गरेका थिए । त्यस पछि निर्धारित तथा थप अतिरिक्त समयमा दुबै टिमबाट कुनै गोल कुन नसकेपछि सप्तकोसीले आयोजक सयपत्रीलाई शुन्यको बिरुद्ध एक गोलको अन्तरले पराजित गरेको थियो ।
खेलको म्यान अफ द म्याच सप्तकोसीका रबिन राई घोषित भए उनले नगद २ हजार १ सय नगद सहित ट्रफी हात पारेका थिए ।
सयपत्री युथ क्लवको आयोजनमा स्थानीय सिरिजंगा यूकसिंग निसामहीम आदारभुत बिद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा अन्तर्गत फाइनल खेल सोमबार हुने क्लवका अध्यक्ष आशिष राईले बताए । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन्।