वराहक्षेत्र नगरपालिका वडा नं ९ स्रोह्र नम्बरमा मुस्ताङ ५ औं संस्करणको सयपत्री कप २०७९ शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सालवनी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।
फेयर फुटबल क्लब धरान र सालवनी फुटबल क्लब बराहक्षेत्र ८ बीच भएको खेलमा १-२ गोल गर्दै सालवनी फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो।
खेलको पहिलो हापको १८ औं मिनेटमा फेयरले अग्रता लिएको थियो । फेयरका लागि जर्सि नम्बर १० खेलाडी बिबेक राईले गोल गरेका थिए ।
पहिलो हाप सम्म ०-१ गोल सहित फेयरले अग्रता लिएको थियो भने खेलको दोस्रो हापको ६ मिनेटमा सालवनी खेलमा फर्किएको थियो । सालवनीका जर्सि नम्बर ६ का खेलाडी उमेश कार्कीले डि-वक्स बाहिरबाट गरेको प्रहार सिधै जाली चुमेको थियो ।
दोस्रो हापको १८ औं मिनेटमा सालवनी फुटबल क्लबका जर्सी नम्बर ९ सुजल मगरको पास लाई जर्सी नम्बर ११ बिजय भुजेलले गोल गर्दै खेलमा अग्रता लिएको थियो ।
त्यस पछि निर्धारित तथा थप अतिरिक्त समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि सालवनीले फेयर फुटबल क्लवलाई १ को बिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
खेल निकै रोमाञ्चक रहेको खेलमा फेयर फुटबल क्लबले मैदानमा राम्रो प्रदर्सन गरेपनी गोल फर्काउन निकै प्रयास गरेपनि सालवनीका गोलरक्षकले पटकपटक बचाउ गरे थप गोल हुने अवसर दिएन ।
उत्कृष्ट प्रदर्शन गर्दै डि-वक्स बाहिरबाट गरेको प्रहार सिधै जाली चुमेका सालवनी जर्सी नम्बर ६ उमेश कार्की खेलको म्याच फद म्याच घोषित भए उनले नगद २ हजार १ सय नगद सहित ट्रफी प्राप्त गरे ।
स्थानीय सिरिजंगा यूकसिंग निसामहीम आधारभुत बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा शनिबार हुने अन्तिम सेमिफाइनल सप्तकोसी फुटबल क्लब बराहक्षेत्र र आयोजक बीच हुने क्लवका अध्यक्ष आशिष राईले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।