वराहक्षेत्र नगरपालिका वडा नं ९ स्रोह्र नम्बरमा मुस्ताङ ५ औं संस्करणको सयपत्री कप २०७९ सुरु भएको छ। आज सोमबार भएको उदघाट्न खेलमा फेयर फुटवल क्लव धरान सेमिफाइनलमा प्रवेश गरेको छ।
फेयर फुटबल क्लब धरान र पञ्चायन फुटबल क्लब रामधुनि बीच भएको खेलमा पन्चायन फुटबल क्लब रामधुनिलाई शुन्यको बिरुद्ध १ गोलले पराजित गर्दै फेयर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको पहिलो हाप सम्म बराबर रहेको खेल दोस्रो हापको करिब १८ मिनेटमा फेयर फुटबल क्लबका जर्सि नं १३ का खेलाडी अनिल राईले गरेको गोल निर्णायक बने पछि फेयरले पञ्चायन बिरुद्ध संघर्षपुर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
खेल निकै रोमाञ्चक रहेपनी पन्चायन फुटबल क्लबले गोल गर्ने निकै अवसर लाई सदुपयोग गर्न नसक्दा खेल हार खेप्नुपरेको थियो ।
यता खेलमा निर्णायक गोल गरेका फेयर फुटबल क्लबका जर्सी नम्बर १३ अनिल राई खेलको म्याच फद म्याच घोषित भए उनले नगद २ हजार १ सय नगद सहित ट्रफी बराहक्षेत्र नगर खेलकुद बिकास अध्यक्ष कपिल आचार्य र युवा नेत्री राधिका कटुवालले हस्तान्तरण गरेका थिए ।
स्थानीय सिरिजंगा यूकसिंग निसामहीम आधारभुत बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा मङलवारको खेल सप्तकोसी युवा क्लव देबिघाट र शान्तिनगर फुटवल क्लव इटहरी बीच हुने क्लवका अध्यक्ष आशिष राईले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
प्रतियोगितामा कोशि गाउँपालिकाका प्रमुख ऎयुब अन्सारीको प्रमुख आथिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। क्लबका अध्यक्ष आशिष राईको अध्यक्षतामा सम्पन्न उद्घटन सत्रमा स्थानीय राजनितीज्ञ, समाजसेवि , सहयोगी दाताहरुको उपस्थित रहेको थियो ।