९ औं संस्करणको सप्तकोशी गोल्डकपको उपाधि पथरी फुटबल क्लब मोरङ्गले हात पारेको छ ।
वराहक्षेत्र – ७ देबिघाटमा शनिबार सम्पन्न फाइनल खेलमा सिवसताक्षिधाम फुटबल क्लब झापालाई १ को बिरुद्ब ३ गोलको अन्तरले पराजित गर्दै पथरीले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलको ३० औं मिनेटमा सिवसताक्षीले अग्रता लिएको थियो । सिवसताक्षिधामका लागि जर्सि नं २० संञ्जोक राईले गोल गरेका थिए । १ गोलले पछि परेको पथरीले खेलको ३३ औं मिनेटमा गोल गरि खेलमा फर्किएको थियो ।
पथरीका लागि जर्सि नं ११ का बिजय भुजेलले वरावरी गोल गरेका थिए । खेलमा फर्किएको २ मिनेट बित्न नपाउदै पथरीले खेलमा अग्रता लिन सफल भएको थियो । खेलको ३५ औं मिनेटमा पुर्ण जर्सि नं ११ का बिजय भुजलले गोल गरेका थिए ।
पहिलो हाप सम्म १-२ गोलले अग्रता कायम गरेको पथरीले पुन: खेलको दोस्रो हापको ७ औं मिनेटमा पथरीले गोल गर्दै अग्रतालाई फराकिलो बनाएका थिए ।
पथरीकालागि जर्सि नं ६ का उमेश कार्कीले गोल गरेका थिए । त्यस पछि दुबै टिमबाट कुनै गोल कुन नसकेपछि सिवसताक्षिधाममाथि पथरीले १ को विरुद्ध ३ गोलको सहज जित निकाल्न सफल भएको थियो ।
निकै रोमाञ्चक रहेको खेलमा सिव सताक्षिधाम झापाले ३ जना राष्ट्रिय स्तरका खेलाडी समेत मैदानमा रहेका खेलाडीले खेलमा अग्रता लिएपनी खेल लाई आफ्नो कब्जामा लिन नसक्दा हार खेप्नुपरेको थियो ।
उपाधि हाप पारेको पथरीले नगद २ लाख सहित म्याडल , ट्रफी हात पारेको थियो । उपबिजेतामा चित्त बुझाएको सताक्षिधामले नगद १ लाख सहित म्याडल र ट्रफिमा प्राप्त गरेको थियो ।
प्रतियोगिताको म्याच अफद म्याद पथरीका जर्सी नम्बर ११ बिजय भुजेल उनले ५ हजार प्राप्त गरे बेस्ट गोक किपर पथरीका सुजित चौधरी ५ हजार , उत्कृष्ट डिफेन्स पथरीका मीन धिमालले ५ हजार
उत्कृष्ट मिकफिडर सिवसताक्षीका निकेस श्रेष्ठले ५ हजार , बेस्ट प्रशिक्षक पथरीका लालबहादुर लावतीले ५ हजार , सर्वउत्कृट पथरीका बिकेक पौडेले ७ हजार
उच्च गोल कर्ता ३ गोल गरेका पथरीका बिजय भुजेलले ६ हजार प्राप्त गरे, राहिजिङ्ग ल्पेयर्स आयोजक सप्तकोसी युवा क्लवका आदेस दर्नाल घोषित भएका थिए । उनिहरुले नगर ६ हजार ,ट्रफि प्राप्त गरेका थिए ।
बिबेता , उपबिजेता तथा बिधागत तर्फ उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की , उपप्रमुख नन्दकुमारी सुनुबार ,वराहक्षेत्र खेलकुद समितिका संयोजक कपिल आचार्य , वडा नं ५ का वडाध्यक्ष रोहित काफ्ले , वडा नं ८ का अध्यक्ष रोसन खड्का , महिला नेतृ अनु गुरुङ्ग , सामाजसेवि उपेन्द्रबहादुर कटुवाल लगाएले बितरण गरेका थिए।