वराहक्षेत्र नगरपालिका वडा नं ७ देवीघाटमा जारी ९ औँ संस्करणको सप्तकोशी गोल्डकपको फाइनलमा पथरी फुटबल क्लब र सताक्षिधाम फुटबल क्लब बीच हुने भएको छ।
बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक सप्तकोसी फुटबल क्लब लाई ०-१ गोलले पराजित गर्दै सताक्षिधाम फुटबल क्लब झापा फाइनलको यात्रा तय गरेको हो।
खेलको ३४औँ मिनेटमा आयोजक सप्तकोसी क्लबका खेलाडीले सताक्षिधाम फुटबल क्लबका जर्सी नम्बर ११ पुजन उपरकोटी लाई डेरिया भित्र लडाइ पाएको पलन्टीलाई जर्सी नम्बर ११ पुजन उपरकोटीले हाने प्रहार सिधै गोल भएको थिए ।
निकै रोचक भएको खेलमा आयोजकले घरेलु मैदानमा राम्रो प्रदर्शन गरे पनि गोल गर्न पाएको अवसर लाई प्रहार गर्न नसक्दा निरास भएर घर फर्किएका थिए ।
यता झापाले राष्ट्रिय खेलाडी अन्नत तामाङ , विशाल राई , पुजन उपरकोटी लगायत ए डिभिजन क्लब खेलाडी सहित मैदानमा उत्रिए थिए । मैदानमा राम्रो प्रदर्शन गरे पनि गोल प्रहार गर्न नसक्दा एक गोलमै सिमित भएको थियो।
खेलको म्यान अफ दि म्याच सताक्षिधाम फुटबल क्लबका जर्सी नं ११ पुजन उपरकोटी घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरेका थिए ।
प्रतियोगिताको अन्तिम फाइनल खेल शनिबार सताक्षिधाम झापा र पथरी फुटबल क्लब बिच हुनेछ। कात्तिक-५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहेको छ ।