वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाटमा जारी ९ औं सप्तकोशी गोल्डकप प्रतियोगितामा सताक्षिधाम फुटवल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा न्यु स्टार फुटबल क्लब भरौल र सताक्षिधाम फुटवल क्लब झापा बीच भएको खेलमा न्यु स्टार फुटबल क्लब भरौल लाई ०-१ गोलले पराजित गर्दै सताक्षिधाम फुटवल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको निर्धारित समय सम्म दुबै टिम बाट गोल हुन नसक्दा खेलको अतिरिक्त थप २ मिनेटको समयमा सताक्षिधाम फुटवल क्लब झापाका खेलाडी जर्सी नम्बर ९ पृतम लिम्बूले गरेको गोल झापाका लागि बरदान साबित बन्यो अन्तत लिम्बुले गरेको गोलले आफ्नो टिमलाई सेमिफाइनलमा प्रबेश गराउन सफल भएका हुन ।
निकै रोचक भएको खेलमा न्यु स्टार फुटबल क्लब भरौलले मैदानमा राम्रो प्रदर्शन गरे पनि गोल प्रहार गर्न नसक्दा निरास भएर घर फर्किएका थिए ।
यता झापाले मैदानमा राम्रो प्रदर्शन गर्न नसके पनि अन्तिम पाएको अवसर लाई न चुकाउदा टाइब्रेकर हुन बाट जोगाउदै सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलमा पहिलो निर्णय गोल गरेका झापाका जर्सी नम्बर ९ पृतम लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनलाई बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ अध्यक्ष रोहित काफ्ले र युवा समाजसेवी दिपेश बस्नेतले नगद ३ हजार सहित ट्रफी प्रदान गरेका थिए ।
भोलि हुने पहिलो सेमिफाइनल खेलमा पथरी फुटबल क्लब मोरङ र सयपत्री फुटबल क्लब बराहक्षेत्र -९ बिच हुने जानकारी आयोजकले जनाएको छ। भने कात्तिक – ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख सहित ट्रफी मेडल पाउनेछन।