वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाटमा ९ औं संस्करणको सप्तकोशी गोल्डकप २०७९ सुरु भएको छ।
सनिवार भएको पहिलो उदघाट्न खेलमा पथरी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। पथरी फुटबल क्लबले फेयर फुटबल क्लब लाई ०-२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
पहिलो हापको खेलमा पथरीका उमेश कार्कीको कर्नार प्रहार लाई अभिषेक गुरुङले हेड गर्दै गोल पहिलो खाता खोलेका थिए ।
दोस्रो हापमा पुर्न पथरीकाआशिस चौधरी गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता फेयर फुटबल क्लबले गोल गोर्न निकै प्रयास गरेपनि गोल गर्नु नसक्दा खेल हार खेप्नुपरेको थियो ।
खेलमा पहिलो गोल गरेका अभिषेक गुरुङ खेलको म्याच फद म्याच घोषित भए उनले नगद ३ हजार सहित ट्रफी हात पारेका थिए ।
स्थानीय वसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा आइतबारको खेल आयोजक र पन्चायन फुटबल क्लब बीच हुने क्लवका कार्यवाहक अध्यक्ष हर्कबहादुर राईले बताए
प्रतियोगितामा प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहेको छ ।