वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा जारी मुस्ताङ दोस्रो वराहक्षेत्र गोल्डकप फुटबल प्रतियोगितामा शान्तिनगर फुटबल क्लब इटहरी र बक्लौरी फुटबल क्लब इचौल फाइनलमा भिडन्त हुने भएको छ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा बक्लौरी फुटबल क्लब इचौलले लिटर्स कृकर्स एकेडेमी दमक झापालाई टाइब्रेकरमा ३-४ गोल अन्तरले बक्लौरी फाइनलमा पुगेको हो।
निकै रोमाञ्चक रहेको खेलमा दुबै टिमबाट गोलरहित बराबरी रहेपछी खेल टाइब्रेकरमा पुगेको थियोे ।
टाइब्रेकरमा बक्लौरी फुटबल क्लबका खेलाडी रोशन भुजेल , रमेश राजवंशी ,आशिष् चौधरी, गिल्सन लिम्बुले गोल गरे भने यता लिटर्स कृकर्स एकेडेमी दमक झापाका खेलाडी निमा तामाङ , निर्जल बोहरा र सगर खड्काले गोल गरे भने रोशन भुजेल र निशान बि.क को प्रहार पोलमा ठोक्किएर बाहिरिएको थियोे ।
खेलमा बक्लौरी फुटबल क्लबले विभिन्न ए डिभिजन क्लबका खेलाडी मैदान रहेपनी गोल गर्ने निकै अवसर गुमाउनुपरेको थिए ।
लिटर्स कृकर्स एकेडेमी दमक झापाका खेलाडीले निकै राम्रो प्रदर्सन गरेपनी गोल गर्न नसक्दा हारखेप्नु परेको थियोे ।
यता लिटर्स कृकर्स एकेडेमी दमक झापाका खेलाडी जर्सी नम्बर ३ संजित राई खेल भर उत्कृष्ट प्रदर्सन गर्दै खेलको म्याच अफ द म्याच घोषित भए उनले नगद२५ सय सहित ट्र्फि पाएका थिए ।
चक्रघट्टिमा रहेको कल्चरल गृन क्लवको आयोजना बिजया दशमीको अवशरमा १८ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।बराहक्षेत्र ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार र दोस्रो पुरस्कार १ लाख रहने छ ।
प्रतियोगिताम सिजि ग्रपको मुस्ताङ बियर मुख्य प्रायोजन रहेको छ भने स- प्रायोजक सुमन बस्नेत बराहक्षेत्र न: पा: ८ संयोजक बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ वडा कार्यालय संरक्षण बराहक्षेत्र नगरपालिकाको कार्यालय रहेको राईले बताए ।