आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा शान्तिनगर फुटबल क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ।
वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा जारी मुस्ताङ दोस्रो वराहक्षेत्र गोल्डकप फुटबल प्रतियोगितामा शान्तिनगर फुटबल क्लब इटहरी र उदयपुर खेलकुद क्लब गाईघाट बीच भएको खेलमा ०-२ गोल अन्तरले शान्तिनगर फुटबल क्लब फाइनल प्रवेश गरेको छ।
शान्तिनगर फुटबल क्लब इटहरीका जर्सी नम्बर ११ खेलाडीले खेलको पहिलो हपको ३८ मिनेटमा गोल गर्दै पहिलो खाता खोलेको थिए।
पहिलो हाप सम्म ०-१ विरुद्ध गोल गर्दै शान्तिनगर फुटबल क्लब इटहरीले अग्रता रहेको थियो ।
दोस्रो हापको३६ मिनेटमा शान्तिनगर फुटबल क्लबका खेलाडी जर्सी नम्बर ६ उमेश कार्कीको प्रहार लाई शान्तिनगरका जर्सी नम्बर १३ बिदेश खेलाडी बिल्ले डेनियलले हेड गर्दै दोस्रो गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा उदयपुर खेलकुद क्लब गाईघाटले मैदानमा राम्रो प्रदर्शन गरेपनी गोल प्रहार गर्न नसक्दा हार खेप्नुपरेको थियोे ।
यता शान्तिनगर फुटबल क्लब इटहरीले ३ जना बिदेश खेलाडीहरु सहित मैदानमा उत्रिए पनि खेलमा निकै गोल गर्ने अवसर पाए पनि गोल गर्न नसक्दा २ गोलमै सिमित भएको थियोे ।
खेलमा शान्तिनगर फुटबल क्लब इटहरीका खेलाडी जर्सी नम्बर ११ बिजय भुजेल खेलमा पहिलो एक गोल गर्दै खेलको म्याच अफ द म्याच घोषित भए उनले नगद२५ सय सहित ट्र्फि पाएका थिए ।
चक्रघट्टिमा रहेको कल्चरल गृन क्लवको आयोजना बिजया दशमीको अवशरमा असोज-९ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा भोलि दोस्रो सेमिफाइनलमा बक्लौरी फुटबल क्लब इचौल र लिटर्स कृकर्स एकेडेमी दमक झापा बीच हुने क्लबका उपाध्यक्ष दिनेश राईले बताए ।
बराहक्षेत्र ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार र दोस्रो पुरस्कार १ लाख रहने छ ।
प्रतियोगिताम सिजि ग्रपको मुस्ताङ बियर मुख्य प्रायोजन रहेको छ भने स- प्रायोजक सुमन बस्नेत बराहक्षेत्र न: पा: ८ संयोजक बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ वडा कार्यालय संरक्षण बराहक्षेत्र नगरपालिकाको कार्यालय रहेको राईले बताए ।