वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा जारी मुस्ताङ दोस्रो वराहक्षेत्र गोल्डकपको आज भएको तेस्रो क्टर फाइनल खेलमा शान्तीनगर फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ।
शान्ति नगर फुटबल क्लब इटहरी र रारा फुटबल क्लब राजारानी धनकुटा बीच भएको खेलमा १-५ गोल अन्तरले शान्ति नगर फुटबल क्लब इटहरी सेमिफाइनल प्रवेश गरेको छ।
शान्तिनगर फुटबल क्लब इटहरीका खेलाडीको प्रहार लाई रारा फुटबल क्लब राजारानी धनकुटा जर्सी नम्बर ४ खेलाडी सुरज बिकले खेलको पहिलो हपको १७ मिनेटमा हेड गर्दा आत्मा घाती गोल भएपछि शान्तिनगर फुटबल क्लबले पहिल खाता खोलेको थिए।
पुर्न खेलको १९ मिनेट शान्तिनगर फुटबल क्लब इटहरीका जर्सी नम्बर ११ बिजय भुजेलले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।
खेलको ३३ मिनेटमा शान्ति नगर फुटबल क्लब इटहरीका जर्सी नम्बर ७ उमेश राईले गोल गर्दै खेल आफ्नो कब्जामा लिएका थिए ।
पहिलो हाप सम्म ०-३ विरुद्ध गोल गर्दै शान्ति नगर फुटबल क्लब इटहरीले आफ्नो कब्जामा लिएको थियो ।
दोस्रो हापको ५० मिनेट शान्तिनगर फुटबल क्लब इटहरीका जर्सि नम्बर ९ आशिष राईले गोल गरेका थिए । यता रारा फुटबल क्लब राजारानी धनकुटाका खेलाडी जर्सी नम्बर १३ खेमराज बिकले खेलको ६० मिनेटमा गोल गर्दै पहिलो खाता खोल्न सफल भएको थिए ।
पुर्न खेलको अन्तिम मिनेटमा शान्तिनगर फुटबल क्लब इटहरीका जर्सि नम्बर ६ उमेश कार्की गोल गर्दै १ विरुद्ध ५ गोल गर्दै शान्तिनगर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
रारा फुटबल क्लब राजारानी धनकुटाले ए डिभिजनका खेलाडीहरु सहित मैदानमा उत्रिए पनि खेलमा राम्रो प्रदर्शन गर्न नस्क्दा खेल हार खेप्नुपरेको थियो ।
शान्तिनगर फुटबल क्लब इटहरीले दुई वटा बिदेश खेलाडी सहित विभिन्न ए डिभिजन क्लबका खेलाडीहरु सहित मैदानमा उत्रिएका थिए ।
खेलको म्याच अफ द म्याच शान्तिनगर फुटबल क्लबका खेलाडी जर्सी नम्बर६ उमेश कार्की घोषित भए उनले नगद२५ सय सहित ट्र्फि पाएका थिए ।
चक्रघट्टिमा रहेको कल्चरल गृन क्लवको आयोजना बिजया दशमीको अवशरमा असोर -९ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा भोलिको खेल बक्लौरी फुटबल क्लब इचौल र रेडहर्ष फुटबल क्लब इलाम बीच हुने क्लब उपाध्यक्ष दिनेश राईले बताए ।
बराहक्षेत्र ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० लाख र दोस्रो पुरस्कार १ लाख रहने छ ।
प्रतियोगिताम सिजि ग्रपको मुस्ताङ बियर मुख्य प्रायोजन रहेको छ भने स- प्रायोजक सुमन बस्नेत बराहक्षेत्र न: पा: ८ संयोजक बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ वडा कार्यालय संरक्षण बराहक्षेत्र नगरपालिकाको कार्यालय रहेको राईले बताए ।