वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा जारी मुस्ताङ दोस्रो वराहक्षेत्र गोल्डकपको आज भएको पहिलो क्टर फाइनल खेलमा उदयपुर खेलकुद क्लब गाईघाट सेमिफाइनलमा प्रवेश गरेको छ।
उदयपुर खेलकुद क्लब गाईघाट र हाटखोला फुटबल क्लब बराहक्षेत्र २ चतरा बीच भएको खेलमा १-२ गोल अन्तरले उदयपुर खेलकुद क्लब सेमिफाइनल प्रवेश गरेको छ।
उदयपुर खेलकुद क्लब गाईघाटका जर्सी नम्बर १७ खेलाडी सुनिल खड्काले खेलको १७ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए।
पहिलो हाप सम्म ०-१ विरुद्ध गोल गर्दै उदयपुर खेलकुद क्लब गाईघाटले अग्रता लिएको थियो । भने पुर्ण दोस्रो हापको ८ मिनेटमा उदयपुर खेलकुद क्लब गाईघाटका खेलाडी जर्सी नम्बर ११ अर्जुन रानाले गोल गर्दै खेल आफ्नो कब्जामा लिएका थिए ।
यता हाटखोला फुटबल क्लब बराहक्षेत्रका खेलाडी जर्सी नम्बर १० अमन घिसिङले खेलको ३८ मिनेटमा गोल गरेका थिए । हाटखोला फुटबल क्लबले गोल फर्काउन निकै अवसर पाए पनि गोल फर्काउन नस्क्दा खेल हार खेप्नुपरेको थियो ।
निकै प्रतिस्पर्धामा रहेको खेलमा हाटखोला फुटबल क्लबले मैदानमा राम्रो प्रर्दशन गरे पनि हार खेप्नुपरेको थियो । यता उदयपुर खेलकुद क्लब गाइघाटका जर्सी नम्बर १८ खेलाडी रन्जित हाले हाटखोला फुटबल क्लब बराहक्षेत्रका खेलाडीलाई फल गर्दै खेलको २९ मिनेटमा रेड कार्ड खाएर बाहिरिएका थिए
खेलको म्याच अफ द म्याच उदयपुर खेलकुद क्लब गाईघाटका जर्सी नम्बर ११ खेलाडी अर्जुन राना घोषित भए उनले नगद२५ सय सहित ट्र्फि पाएका थिए ।
चक्रघट्टिमा रहेको कल्चरल गृन क्लवको आयोजना बिजया दशमीको अवशरमा असोर -९ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा भोलिको दोस्रो क्टर फाइनल खेलमा डांगिहाट फुटबल क्लब मोरङ र लिटल कुकर्स एकेडेमी दमक बीच हुने क्लब उपाध्यक्ष दिनेश राईले बताए ।
बराहक्षेत्र ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० लाख र दोस्रो पुरस्कार १ लाख रहने छ ।
प्रतियोगिताम सिजि ग्रपको मुस्ताङ बियर मुख्य प्रायोजन रहेको छ भने स- प्रायोजक सुमन बस्नेत बराहक्षेत्र न: पा: ८ संयोजक बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ वडा कार्यालय संरक्षण बराहक्षेत्र नगरपालिकाको कार्यालय रहेको राईले बताए ।