वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा दोस्रो संस्करणको मुस्ताङ वराहक्षेत्र गोल्डकपको उदघाटन खेलमा हाटखोला फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको छ।
खेलको प्रहिलो हापको ३७ मिनेटमा हाटखोला फुटबल क्लबका खेलाडीले राजाबास फुटबल क्लबका खेलाडीलाई लडाएर पाएको पल्लन्टी लाई राजाबास फुटबल क्लबका बिनोद राईले गोल गर्दै पहिलो खाता खोलेका थिए ।
खेलको दोस्रो हापको ४८ मिनेटमा हाटखोला फुटबल क्लबका जर्सी नम्बर ९ आकाश राईले गोल गर्दै खेल बराबरमा पुगेको थियो ।
निकै प्रतिस्पर्धा रहेको खेलमा दुबै टिम बाट १-१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ३-४ गोलको अन्तरले राजाबास लाई पराजित गर्दै हाटखोला फुटबल क्लब बराहक्षेत्र २ चतरा दोस्रो चरणमा प्रवेश गरेको हो। खेलको म्याच अफ द म्याच हाटखोला फुटबल क्लबका जर्सी नम्बर ९ आकाश राई घोषित भए उनले नगद२५ सय सहित ट्र्फि पाएका थिए ।
चक्रघट्टिमा रहेको कल्चरल गृन क्लवको आयोजना बिजया दशमीको अवशरमा असोर -९ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा भोलिको दोस्रो खेल कल्चरल ग्रिन क्लब चक्करघट्टि सुनसरी र लिटल कुकर्स एकेडमी दमक झापा बीच हुने क्लब उपाध्यक्ष दिनेश राईले बताए ।
बराहक्षेत्र ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० लाख र दोस्रो पुरस्कार १ लाख रहने छ ।
प्रतियोगिताम सिजि ग्रपको मुस्ताङ बियर मुख्य प्रायोजन रहेको छ भने स- प्रायोजक सुमन बस्नेत बराहक्षेत्र न: पा: ८ संयोजक बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ वडा कार्यालय संरक्षण बराहक्षेत्र नगरपालिकाको कार्यालय रहेको राईले बताए ।