विश्व जगतमा खेल को छुट्टै मज्जा छ । फुटबल खेलको त कुरै छाडौं विश्वमै लोकप्रिय यो खेल नेपालमा पनि सबैभन्दा रुचाइएको खेलमा पर्दछ ।
नेपाली राष्ट्रिय टिमले भने फुटबलमा त्यति ठूलो ट्रफी जित्न नसकेता पनी सार्क स्तरीय मेजर ट्रफी भने जितेको हामीले महसुस गरेका छौं, हेरेका छौं, सुनेका छौं ।
नेपालमा फुटबलको विकासक्रम तिब्ररुपमा बढीरहेको छ । अहिले नेपालका हरेक ठाउँमा प्रायजसो फुटबल प्रतियोगिता भैरहेका छन् ।
हरेक खेलप्रेमीको रोजाई वास्तबमै फुटबल भन्दा फरक नपर्ला । यही फुटबल प्रेमीहरुको ठाउँ भरौल पनि हो ।
भरौल वास्तबमै फुटबलको उर्बरभुमी हो । नेपालमा फुटबलको स्थापना कालदेखीनै फुटबल बिकासमा भरौलको छुट्टै योगदान छ । चाहे खेलाडी उत्पादनमा होस् या पूर्वाधार निर्माण या प्रतियोगीता आयोजना या त अरु कुनै भूमिका भरौल बास्तबमा मै अग्रपंक्तिमा छ फुटबल क्षेत्रमा ।
पुराना पिढीमा हरी ठाकुरी, भेषराज कार्की, बिमल कार्की, बिनय चौधरी जस्ता ए डिभिजनमा नाम कमाउन सफल यी खेलाडी भरौलकै उत्पादन हुन् , जसले एक समय नेपाली फुटबल मा आफ्नो नाम कमाउन सफल भए।
यी हस्ती अहिले नयाँ पिढीका मार्गदर्शक हुन्, जसले नयाँ खेलाडी उत्पादन एवम फुटबल विकासमा हौसला दिने गरेका छन् । अहिलेको नयाँ पिढीको कुरा गर्नुपर्दा टंक बस्नेत चर्चाको शिखर मानिन्छ्न, जो ए डिभिजनमा लिगमा नेपाल आर्मी क्लबको प्रतिनिधित्व गर्दै थुप्रै टुर्नामेन्टमा उत्कृष्ट भएका छन् ,
यति मात्र हैन नेपाली राष्ट्रिय टिममा लामो समय सम्म पर्न सफल उनी हालसम्म कै एक्लो भरौलका खेलाडी हुन् ।
यो इतिहास सदासर्वदा भरौलले सम्झिरहने छ । राष्ट्रिय टिममा ग्राम रोबर्ट्सको प्रशिक्षण कालमा पहिलो पटक राष्ट्रिय टिममा परेका बस्नेत त्यसपछी विभिन्न समय अन्तरालमा रास्टीय टिमको प्रतिनिधित्व गरिरहे । घरेलु प्रतियोगितामा त्रिभुवन आर्मीबाट खेल्दै आएका भरौल निवासी टंक बस्नेत हाम्रा धरोहर हुन् ।
उनले खेलेका हरेक प्रतियोगितामा पाएको सफलतामा भरौलको गौरभ समेटीएको छ , भरौलका फुटबल हस्ती हरु को सम्झना जोडीएको छ । त्यसपछि पछिल्लो पुस्ता सुरु हुन्छ जहाँ निशान लिम्बू, रोशन भुजेल, जीवन धामी लगायतका खेलाडी पनि ए डिभिजन लिग खेलेर फुटबलका माध्यम भरौलको सुबाश छरिरहेका छन् ।अझ निशान लिम्बु नेपालकै सबैभन्दा सफल क्लब मनाङ मस्यान्दी क्लब को प्रतिनिधित्व गर्दै प्रमुख खेलाडी को रुपमा खेलेका छ्न। यो सिङ्गो भरौलका लागि गौरवपुर्ण छ।
भरौलमा फुटबल दुईवटा ठुला गोल्डकपको आयोजना हुने गर्दछ । भरौल अन्तराष्ट्रिय गोल्डकप र बराहाक्षेत्र मेयर कप ।पछील्लो समय न्यु जेनेरेसन च्यालेन्ज कप, बराहक्षेत्र प्याब्सन कप द्वारा भरौलमै पनि जोडीएको छ।
यी ठुला प्रतियोगिताले भरौलको सान बढाएको छ ।कोरोना को कारण ले केही समय फुटबल गतिबिधी अस्तब्यस्त हुदा मेयर कप सन्चालन हुन सकेन भने भरौल गोल्ड कप पनि एक संस्करण रोकिएको थियो। यी प्रतियोगिताहरुले भरौलको फुटबल बिकासमा सहयोग गरेको छ । नयाँ पिढीलाई फुटबल प्रतिको मोहलाई टेवा पुर्याएको छ ।
भरौल गोल्डकप एक मात्र यहाँ को अन्तर्राष्ट्रिय प्रतियोगीता हो जुन सिङो नेपाललि प्रतियोगीतामा पनि जोडीन पुग्दछ। ए डिभीजनका क्लबहरु र बिदेशी क्लब हरुको सहभागीताले यहाँ को चर्चा नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमै चुलिएको छ। । अनि भरौल लेखेको ट्रफी अन्तर्राष्ट्रिय स्तरका क्लब ले जितेर बिदेश नि पुगिसकेको छ, यो पनि एउटा ठुलो संयोग हो । यसले भरौलको परिचय फराकिलो हुनेमा कुनै शंका छैन ।
भरौलको अर्को प्रतिष्ठित प्रतियोगिता मेयर कप पनि उतिकै चर्चीत छ । जुन प्रतियोगिताको दोश्रो संस्करण पछी भने कोरोना यता हुन सकिरहेको छैन। दुई संस्करण को प्रतियोगीता आयोजना गरेको एभरेस्ट फुटबल क्लबले तेस्रो भने गर्न सकिरहेको छैन ।यो प्रतियोगिता किन पनि खास छ भने , चर्चीत खेलाडी निशान लिम्बूको गृह मैदान भएकाले पनि दर्शकदीर्घा यसको पर्खाइमा छ्न।
भरौलको फुटबललाई उचाइमा पुर्याउन भेषराज कार्की, पूर्ण कार्की ,बरुण राई,,प्रबिण लिम्बू , सन्तोष ओख्राबु , मधुसूदन भट्टराई लगायतका आदरर्णीय व्यक्तित्वहरु लागिपरेका छन् । जो दिनरात नभनी भरौलमा फुटबल विकास गर्न अनि खेलाडी उत्पादन गर्न लागीरहेका छन् । त्यसैगरी भरौल खेलाडी उत्पादन साथै खेलमै नेतृत्व गर्न सक्ने ब्यतित्व मा नि अगाडि छ्। भरौल निवासी पुर्ब खेलाडी तथा न्यु स्टार फुटबल क्लब का अध्यक्ष भेषराज कार्की सुनसरी खेलकुद महासंघको वरिष्ठ उपाध्यक्ष तथा एक नम्बर प्रदेश खेलकुद बिकाश बोड सदस्य हुनु पक्कै पनि भरौलका लागि यो भन्दा सुखद खुसिको पल के होला र स्कुल स्तरीय खेलकुद प्रतियोगीतामा नगर अनि जिल्ला स्तरीय प्रतियोगितामा भरौलका विभिन्न बिद्यालयहरुले उपाधी हाँसिल गर्नुले पनि भरौलमा किशोर प्रतिभाहरु हुर्किरहेको प्रमाण हो ।
अर्को अर्थमा भरौलमा बराह ट्रेनिङ सेन्टरले पनि किसोर प्रतिभा निखारीरहेको छ । भरौलमै रहेका दुई ठुला फुटबल क्लब न्यु स्टार क्लब र एभरेष्ट फुटबल क्लबले विभिन्न समयमा गोल्डकपहरु जित्नु भरौलको एक फुटबल संस्कारको विकास भएको हो भन्न सकिन्छ । आज भरौल यसरी फुटबलको माध्यमबाट चिनिरहँदा यी सबल पक्षका बिच केही दुर्बल पक्ष पनि छन् । गतिलो रंगशाला एवम् खेल मैदान नहुनु यो हाम्रो लागी दुर्भाग्य हो । एक सुबिधा सम्पन्न ट्रेनिङ सेन्टर अनि खेलाडीलाई हौसला बढाउने कार्यक्रमको खाँचो छ । सम्बन्धित निकायको ध्यान यता तिर नजाने हो भने फुटबलको हस्ति उत्पादन गर्ने भरौल ग्रामीण इतिहासमा मात्र सिमित नहोला भन्न सकिन । यसमा नगरपालिकाले पनि आवश्यक कदम चाल्नु आवश्यक छ । यस विषयमा सबैको चासो जानु आवस्यक छ । साथै सम्बन्धित निकायको पनि ध्यान जानु जरुरी छ । अनि भरौलको फुटबलले अरु उचाइ चुम्ने छ ।