वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाटमा ९ औं संस्करणको सप्तकोशी गोल्डकप आयोजना हुने भएको छ ।
स्थानिय सप्तकोशी युवा क्लबको आयोजना शुभ दिपावली अवशरमा असोर -२७ गतेदेखि कात्तिक ५ गते सम्म प्रतियोगिता आयोजना हुनेछ ।
स्थानीय वसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरी , मोरङ , झापा ,उदयपुर जिल्लाका र बिभागिय टिम गरेर १० वडा क्लबहरु सहभागी हुनेछन् ।
क्लवका कार्यवाहक अध्यक्ष हर्कबहादुर राईका अनुसार आयोजक सप्तकोशी युवा क्लव , फेयर फुटवल क्लब धरान , पंचायन फुटबल क्लब रामधुनी , सयपत्री फुटबल क्लब राजाबास , पथरी फुटबल क्लब मोरङ्ग , सतासीधाम स्पोर्टिङ क्लव झापा , पटनाली फुटबल क्पव धरान , न्यु स्टार फुटवल क्लव कालाबन्जर , बसाह फुटबल क्लब उदयपुर र बिभागिय फुटवल टिम एपिएफ पुर्वाञ्चल सहभागीता रहने छ ।
२४ लाख कुल लागत अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहने छ । दैनिक खेलमा म्यान अफ द म्याच ३ हजार र प्रतियोगिता भर बिधागत उत्कृष्ट खेलाडिहरुलाई नगद र ट्रफी प्राप्त गर्नेछन् ।
बिहिवार आयोजक क्लव सप्तकोशी युबा क्लवले प्रतियोगिताको वारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
क्लवा सचिव लेखुनाथ न्यौपानेले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वराहक्षेत्र नगरपालिका वडा नं ७ का अध्यक्ष एव नगर खेलकुद बिकास समिति संयोजक कपिल आचार्य प्रमुख अतिथि रहेका थिए ।