सुनसरीको बराहक्षेत्र नगरपालिका वाड नम्बर ९ प्रकाशपुरमा जन्मिएकी सरीता थुलुङ देशका लागि कुनै नौलो नाम हैन।
अपाङ्गता भएर पनि देशको झन्डा बोकेर नेपाललाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाएकी थुलुङ्ग सबैको प्रेरणाको स्रोत बनेकी छीन।
३ बर्सको कलिलो उमेर मा पोलियो रोगको कारण हिडडुल गर्न नसक्ने भएकी उनी २ बर्सपछी लठ्ठीको सहायताबाट सामान्य हिडने भएपछी नजिकैको ज्ञान् ज्योती स्कुलमा भर्ना भइन। त्यहा कक्षा ५ सम्मको अध्ययन गरेर प्रकाशपुर मा. बि बाट एस एलसी परीक्षा पास गरीन।
गायन, कला अनि नृत्य मा निकै रुचि भएकी थुलुङ १५ बर्सको उमेरमा खुट्टाको सल्यक्रिया गरेपछी सहायक जुत्ताको सहयोगमा हिडन सक्ने भएपछी काठमाडौ लागीन।त्यहा रहदा गायनमा निखरता ल्याइसकेपछी उनले आर्थिक अभावको कारण एल्बम निकाल्न नसक्ने भएपछी एउटा एन जि वो अफिसमा काम गर्न बाध्य भइन ।
त्यहाँ उनले ७ बर्ष सम्म जागीर गरीन। जागीरकै क्रममा उनले भारतको बैङलोरमा स्कुलरसिपमा र्याबिटेसन थेरापी पढन्ने अवसर पाइन् । १५ महिना अध्ययन गर्दै गर्दा त्यही उनले ९ देश सम्मिलित नृत्य प्रतियोगिता मा नेपालको प्रतिनिधित्व गर्दै नृत्यमा प्रथम भएर अध्ययन को अलावा नृत्यमा अन्तर्राष्ट्रिय स्तरमा चिनिन पुगिन। नेपाल फर्किएपछी उनी पुन: एक एन जि ओ मा सुचना संयोजक भएर काम गरीन। विभिन्न प्रतियोगिता मा ह्विल चेयर मा डान्स गरेर थुप्रै पुरस्कार पाएकी उनी फेरि खेल क्षेत्रमा लागीन।
फुटबलमा टीम लालिगुराँस बाट प्रतिनिधित्व गर्दै थुप्रै अपाङ्गता फुटबल प्रतियोगितामा प्रथम भएपछी उनी बास्केटबल टिर लागीन। थाइल्यान्डमा भएको भारत,बाङ्लादेश आदि सम्मिलित ह्विल चेयर अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको टीम ले उत्कृष्ट प्रदर्शन गर्दै बाङ्लादेश लाई हराउन सफल भयो।
राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा उनि बिजयी हुन्न सफल भइन।सदैब नयाँ काम गर्ने सोचकि धनी थुलुङ्ग फेरि पौडी तिर लागीन। पौडीमा पारा ओलम्पिक मा समेत सहभागी भइन। राष्ट्रिय एवम अन्तरास्ट्रिय गरि ७ पटक उनी पौडीमा च्याम्पियन भइन। सामाजिक कार्यमा उतिकै सकृय सरीता सास्कितिक समाज नेपाल को अध्यक्ष मा निर्वाचीत भइन। २०६६ सालमा आकाश क्षेत्री सङ्ग बैबाहिक बन्धन मा बाधीएकी सरीता ले त्यसपछी श्रीमानको हौसला र साथले आर आर क्याम्पस बाट मास्टर्स अध्ययन पूरा गरीन।
काठमाडौ लाई कार्यक्षेत्र बनाउदै आएकि उनी हाल सस्था मार्फत अपाङ्गता भएका ब्यक्ती को आर्थीक स्तर उकास्न विभिन्न कार्यक्रम गर्दै आइरहेकी छीन। हालसालै आदिवासीहरुको उत्थान को लागि सपाडो मिटीङ मा स्विजरल्याण्ड को जेनेभा मा सहभागी भएकी उनी त्यसपछी लगातार रुपमा समाजसेवा, खेल क्षेत्रमा लागीरहेकी छीन। यति धेरै क्षेत्रमा सफलता को रहस्य के? भनेर टेलिफोन बार्ता मा उनी जवाफ दिन्छीन” कडा मेहनत, आत्मबिस्वास अनि परीवारको साथ।
एक सन्तान कि धनी थुलुङ्ग ले २०७७ को पल्सर स्पोटस अवार्ड नि जित्न सफल भइन।२०२० को ओलम्पिक पौडी बाट सहभागी हुने भनेर लगातार मेहनत गरीरहदा राखेप का सचीब ले सो खेलको फम नभरीदिदा भने सहभागी हुन पाइनन। यो पल उनको लागि निकै दुखित रहयो। अपाङगता भएर पनि हरेक कुरामा सार्थक अनि सफल बनेकि सरीता अपाङ्ग भनेर कहिले हरेश नखानु अवस्य एक दिन सफल भइन्छ भनेर अरुलाइ प्रेरणा दिन सफल भएकी छीन।
हाल उनी काठमाडौ मा बसेर अपाङ्गता भएका ब्यक्तीहरुको सास्कितिक समाज नेपाल नामक सस्थाको अध्यक्षता रहीरहनु भएको छ।साथै प्रेरणा अफिसको बोड मेम्बर,चेम्बर को मेम्बर,र गोर्खा डीबी को कार्यक्रम संचालक को रुपमा काम गरीरहनु भएको छ।
बास्तबमा खेलाडी देशका गहना हुन, यसले समाज अनि देशलाइ बिस्वमा चिनाउन सहयोग गर्दछ। (भरौलको मनोज बिष्ट /मिलन चौक)