बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बस्ने टंकबहादुर कार्की गर्फ खेलको क्षेत्रमा चर्चित नाम हो ।
उनले नेपालको तर्फबाट अन्तराष्ट्रिय खेलमा समेत सहभागीता जनाएर पदक समेत जिताएका छन् । टंकले मलेसिया,सिगापुर ,कोरिया, भुटान , चिन , थाइलेण्ड लगाएका देशमा गएर नेपालको तर्फबाट गर्फ खेलेका हुन।
टंक ४-५ वर्षको उमेरमा हुदा उनको परिवार धनकुटाबाट वराहक्षेत्रको वाग्दलवारी वसाई सराई गरेर आएको थियो । सानो उमेरदेखि स्वास्थ्यमा समस्या भएका टंकले प्रथामिक शिक्षा गाउकै पञ्चकन्या प्राबिबाट लिएका थिए । प्रथामिक शिक्षा मात्र लिएका टंक उपचार गराउन भुटान जानू परे पछि अौपचारिक शिक्षा लिन सकेनन् । टंक १० बर्षको उमेरमा उपचार गराउन भुटान गएका थिए ।
भुटानमा केही समय स्वास्थ्य उपचार गराए पछि टंक आफ्ना नातेदार दाईले गर्फ खेलेको हेर्न जान थाले । दाइको सहयोगीको रुपमा गर्फ खेल्ने मैदानसम्म पुग्ने टंकलाई गर्फ खेलको रुचि हुन थाल्यो । १० वर्ष भुटानमा बिताएका उनले भुटानमा नै व्यवसायी रुपमा गर्फ खेल्न सुरु गरे । टंकले भुटानमा विभिन्न उमेर समुहको प्रतियोगितामा सहभागी जनाउदै उपाधी समेत जित्न सफल भएका थिए ।
१० बर्ष भुटानमा बिताएका टंक नेपाल फर्किए पछि तासि घलेको सहयोगमा नेपालमा गर्फ खेल्न सुरु गरे । नेपालको तर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा समावेश र राष्ट्रिय खेलाडिको रुपमा गर्फ खेलेका टंक गल्फ एसोसेसनमा समेत आवद्ब भएका थिए ।
नेपाल एमचर अोपनको उपाधि समेत टंकले जितेका छन् । सार्कमा नेपाललाई गर्फ तर्फ सर्वण पदक जिताउदा टंक पनि टिमको खेलाडि भिए । उनले विभिन्न उमेर समुहबाट सहभागी भएर नेपालको गर्फ खेलबाट प्रतिनिधित्व गराइ सकेका छन् ।
२०४९ सालमा जन्मिएका टंकले २० वर्ष गर्फ खेलमा बिताएका छन् । भुटानबाट फर्किएर १० बर्ष काठमाडौमा बसेका टंक हाल २ बर्षदेखि भन्ने वराहक्षेेत्र नगरपालिका वडा नं १ बाग्दलवारीमा बस्दै आईरहेका छन् । सामान्य परिवारका टंक वराहक्षेेत्रमा गर्फ खेल्ने ठाउ नहुदा आफ्नो खेल कौशल घट्दै गएको बताउछन् । २० बर्ष राष्ट्रलाई गर्फ खेलेर योग्दान दिएका टंक अब आफ्नो अनुभव नया पिठिलाई बाढ्न चाहन्छन । यसकालागि स्थानीय सरकार बराहक्षेत्र नगरपालिकाले बाताबरण मिलाउनु पर्न उनको माग रहेको छ।